सनराइज बैंक र स्मार्टच्वाइसबीच सम्झौता

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज र सनराइज बैंकबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर प्रयोग सम्बन्धी व्यवसायिक सम्झौता भएको छ । सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात सनराइज बैंकका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ्ग एप सनराइज स्मार्ट प्लस प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यूआर मार्फत […]

सनराइज बैंक र स्मार्टच्वाइसबीच सम्झौता

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज र सनराइज बैंकबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर
प्रयोग सम्बन्धी व्यवसायिक सम्झौता भएको छ ।

सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात सनराइज बैंकका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ्ग एप सनराइज स्मार्ट प्लस प्रयोग गरी कुनै
पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यूआर मार्फत गर्न सकिनेछ ।

उक्त सम्झौतापत्रमा स्र्माटच्वाइसका तर्फबाट प्रमुख कायकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट प्रमुख डिजिटल बैंकिङ्ग दिलिप मैनालीले हस्ताक्षर गरेका हुन् ।