वातावरणमैत्री बन्न हरिवंशले किने बीवाईडीको एट्टो–३ कार

काठमाडौं । कार्बन तटस्थ जीवन बाँच्ने घोषणा गरेका अभिनेता हरिवंश आचार्यले हिंड्डुल र यातायातलाई पनि वातावरणमैत्री बनाउने भएका छन् । यही संकल्प अनुरुप उनले मंगलबार बिजुली गाडी खरिद गरे । ९० लाख रुपैयाँ मूल्य पर्ने बीवाईडी ब्राण्डको एट्टो–३ कार उनले खरिद गरेका हुन् । उक्त ब्राण्डले हरिवंशलाई व्यावसायिक दूत समेत बनाएको छ । यसअघि आठ […]

वातावरणमैत्री बन्न हरिवंशले किने बीवाईडीको एट्टो–३ कार

काठमाडौं । कार्बन तटस्थ जीवन बाँच्ने घोषणा गरेका अभिनेता हरिवंश आचार्यले हिंड्डुल र यातायातलाई पनि वातावरणमैत्री बनाउने भएका छन् । यही संकल्प अनुरुप उनले मंगलबार बिजुली गाडी खरिद गरे ।

९० लाख रुपैयाँ मूल्य पर्ने बीवाईडी ब्राण्डको एट्टो–३ कार उनले खरिद गरेका हुन् । उक्त ब्राण्डले हरिवंशलाई व्यावसायिक दूत समेत बनाएको छ । यसअघि आठ वर्षसम्म स्कार्पियो गाडी चढ्दै आएका उनले बिजुली खपत गर्नुपर्छ भन्ने सन्देश दिन इलेक्ट्रिक गाडी रोजेको बताए ।

नेपालले जलवायुसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप–२६)मा सन् २०४५ सम्म कार्बन उत्सर्जनलाई खुद शून्यमा झार्ने प्रतिबद्धता जनाइसकेको छ । जसका लागि बिजुली खपत गर्ने योजना सरकारले अघि सारिरहेको छ । एट्टो–३ इलेक्ट्रिक कारमा ५० किलोवाट र ६०.५ किलोवाट क्षमतायुक्त दुईवटा ब्याट्री रहेका छन्, जसले एक पटकको फुल चार्जमा ४२० किलोमिटर यात्रा गर्न सकिने कम्पनीको दाबी छ ।