अच्युतराम भण्डारी सङ्गीत प्रतिष्ठानमा तबला र सारङ्गीको जुगलबन्दी

माघ १५, काठमाडौं । शास्त्रीय सङ्गीतको परम्परालाई स्थायी राख्ने उदेश्य सहित स्थापना भएको अच्युतराम भण्डारी सङ्गीत प्रतिष्ठानमा आज बरिष्ठ तबला बादक

पं अच्युतराम भण्डारी र सारङ्गी बादक परशुराम भण्डारीले  राग पुर्वीमा आधारित सारङ्गी बादन र तबलामा तीन तालमा आधारित बादन प्रस्तुत गर्नु भएको छ । आजको तबला र सारङ्गीको जुगलबन्दी प्रस्तुतीले भारतीय तबलाका लिजेण्ड उस्ताद जागिर हुसैन र सारङ्गी बादक सुल्तान खानको जुगलबन्दीको झल्लको देखिएको थियो । दुवै कलाकारले उपस्थित श्रोताहरुलाई भरपुर मनोरन्जन गराउनु भएको थियो । जुगलबन्दी कलाकारहरुलाई तानपुरामा 
तिल्समी प्रवासले साथ दिनु भएको थियो । 


कार्यक्रममा प्रमुख अतिथी श्री कपन सङ्गीत सरोवरका अध्यक्ष रवि प्रसाद पौडेलले सङ्गीतलाई बचाई राख्न  शास्त्रीय सङ्गीतको अहम भुमिका रहेको बताउनु भयो । कार्यक्रममा बरिष्ठ सितार बादिका उमा थापा , उत्पला काफेकी म्यानेजर शान्तु मानन्धर, बरिष्ठ इसराज बादक सन्तोष भक्त श्रेष्ठ उहाँकी छोरी नुरु श्रेष्ठलाई प्रतिष्ठानको तर्फबाट रुद्राक्ष माला लगाई सम्मान गरिएको थियो ।

अच्युतराम भण्डारी सङ्गीत प्रतिष्ठानको स्थापना पछि गत साउन १५ गते, २०७९ सालबाट हरेक महिनाको १५ गते मासिक रुपमा प्रतिष्ठानले शास्त्रीय सङ्गीतको कार्यक्रमको आयोजना गर्दै आएको छ । आजको कार्यक्रम प्रतिष्ठानको सातौं श्रृंखलाको रुपमा रहेको छ ।