Metro FM 94.6 MHz. को कार्यक्रम पाका कुरामा जेष्ठ नागरिक मदनदास श्रेष्ठ  ।

Metro FM 94.6 MHz.  को कार्यक्रम पाका कुरामा जेष्ठ नागरिक मदनदास श्रेष्ठ  ।
: :


माघ  २० ,,काठमाडौं । काठमाडौं महानगरपालिकाद्धारा संचालित दक्षिण एशियामै स्थानीय निकायद्धारा संचालित पहिलो सामुदायिक रेडियो मेट्रो एफ.एम.९४.६ मेगाहर्जमा जेष्ठ नागरिक सम्बन्धी कार्यक्रम पाका कुरामा जेष्ठ नागरिक  मदनदास श्रेष्ठ  रहनु भएको थियो । यो कार्यक्रम काठमाडों महानगरपालिकाद्धारा संचालित मेट्र्रो एफ.एम. ९४.६ मेगाहर्जको कार्यक्रम पाका कुरामा  हरेक साता शुक्रबार सांझ ६ः३० बजेदेखि ७ः०० बजेसम्म नियमित प्रसारण हुन्छ । 
  यस कार्यक्रमको उदेश्य  जेष्ठ नागरिकहरुको  बाल्यकाल, शिक्षा,सरकारी  जागिर सामाजिक कार्य ,विगतको पेशा , वैवाहिक जीवन , उहाँहरुले विभिन्न पेशमा अंगालेको अनुभव,   लगायत वर्तमान समयमा उँहाहरुले भोगेका  सुःख दुःख बारे पनि श्रोता समक्ष ल्याउने र यसको संदेश आजका भावी युवा युवतीबिच पुन्याउने रहेको छ । 
वि.स. २००५ साल वैशाख १५ गते दोलखा जिल्लाको भीमेश्वर मन्दिर छेउ विहारछे टोलमा   मा जन्मनु भएका जेष्ठ नागरिक तथा बरिष्ठ नाटय कर्मी मदनदास श्रेष्ठ  हाल काठमाडौं महानगरपालिका वडा नं २९ ,घटटेकुलोमा आफनो परिवारसंगै बस्दै आउनु भएको छ । 
कक्षा दशसम्म गाउँकै प्राथमिक विद्यालयमा अध्ययन पछि आईएको पढाई उहाँले काठमाडौको नेशनल कलेजबाट प्राप्त गर्नु भयो ।  त्यसपछि काठमाडौंको नासः खलः नाटय कला केन्द्र भन्ने संस्थासंग पनि आबद्ध हुनु भयो । त्यसैगरी क्षेत्रपाटीमा कृष्ण प्रसाद रिमालले संचालन गरेको कला केन्द्रसंग पनि उहाँ आबद्ध हुने मौका पाउनु भयो । त्यसै अवसरमा त्यतिखेरको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा कृष्ण जन्माष्टमीको अवसरमा भएको नाटकमा उहाँले कंशको भूमिका निर्वाह गर्नु भएको थियो । त्यतिखरे सो नाटक हेर्न रेडियो नेपालका नाटक निर्देशक श्यामदास बैष्णव पनि आउनु भएको रैछ । त्यतिखेर मदनदासले नाटकमा गरेको कंशको भुमिका असाध्य मन परेछ र उहाँको आवाजमा पनि दम भएकाले नाटक निर्देशक बैष्णव दासले उहाँलाई वि.स. २०२२ सालको अन्त्यतिर रेडियोमा नाटक विभागमा बोलाउनु भयो ।त्यँहा देखि उहाँ रेडियो नेपालको नाटक विधामा आबद्ध हुनु भयो । असंख्य नाटकमा आवाज दिनु भएका नाटक निर्देशन तथा टेलि श्रृंखलामा अभिनय गर्नु भएका कलाकार मदनदास श्रेष्ठ रेडियो नेपालबाटै सेवा निवृत्त हुनु भएको छ ।  


रेडियो नेपालबाट सेवा निबृत्त भए पनि उहाँ विभिन्न सामाजिक कार्यमा संलग्न रहदै आउनु भएको छ । उहाले ँ जेष्ठ नागरिक महासघंको अध्यक्षको रुपमा वि.सं २०७२ साल देखि करिब चार वर्ष सम्म भुमिका पनि निर्वाह गर्नु भयो । उहाँको कार्यकालमा बृद्ध भत्ताको सटटा जेष्ठ नागरिक भत्ता नाम राख्न लगाइयो र उहाँकै पहलमा महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रालय पनि राख्न पहल भयो । यसैगरि जेष्ठ नागरिकको कुनै दिवस नरहेको अवस्थामा जेष्ठ नागरिकलाई पहिलो चोटि वि.स. २०५१ साल पौष ११ गते नेकपा एमालेबाट पहिलोचोटि प्रधानमन्त्री भएका मनमोहन अधिकारीको समयमा अर्थमन्त्री भरत मोहन अधिकारीको पहलमा मासिक रुपमा  एक सय रुपैया दिन शुरु गरिएको थियो । सोहि दिनको अवसर पारेर उहाँकै पहलमा हाल प्रत्येक वर्षको पौष ११ गतेलाई जेष्ठ नागरिक दिवसका रुपमा मनाउन थािलएको छ । काठमाडौं महानगरपािलकामा अहिले बैकिङ्ग सुविधा अन्तर्गत जेष्ठ नागरिकलाई मासिक भत्ता पाउन सहज भए पनि अहिले पनि दुर्गम गाउँमा जेष्ठ नागरिकले सहज रुपमा भत्ता पाउन नसकेको उहाँले गुनासो पनि गर्नु भयो ।