काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा सरसफाई अभियान सम्पन्न । (फोटो फिचर )

जेठ १३, काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहको अगुवाईमा आज विहान काठमाडौं महानगरपालिकाको सवै ३२ वडाहरुमा विशेष सरसफाई अभियान सम्पन्न भएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह(बालेन्द्र) को नेतृत्वमा जन प्रतिनिधिहरुको पद बहालीको एक वर्ष पुगेको अवसरमा सो विशेष सरसफाई अभियान गरिएको हो ।
३० नं वडाको ज्ञानेश्वरको नारायण मन्दिरको अघि जम्मा भएका सफाई अभियानकर्तालाई सम्बोधन गर्दै वडाध्यक्ष दल बहादुर कार्कीले आफनो वडामा विगत पाँचवर्ष देखि हरेक शनिवार विशेष सरसफाई अभियान हुँदै आएको स्मरण गर्दै
महानगरपालिकाको सवै ३२ वडामा सफाई हुने कुराले आफुलाई थप हौसला प्रदान गरेको बताउनु भयो ।
काठमाडौं ज्ञानेश्वर वडा नं ३० बाट जर्मन यम्वेसि हुदै ज्ञानभैरव मन्दिर र मन्दिर परिसरमा अधिक मात्रमा फोहोर संकलन गरि पठाईयो र कालो पुल रातो पुल मैतिदेवि हुदै ज्ञानेश्वर वडा कार्यलयमा आएर चियापान सहित कार्यक्रम सम्पन्न भएको थियो ।
डा नं ३०का वडाध्यक्ष दल बहादुर कार्कीको नेर्तत्वमा सर सफाईमा निस्केको सो टोलीमा जनप्रतिनिधि महानगर पलिका निर्देशक तथा सुचना प्रविधि विभागिय प्रमुख नमराज ढकाल ,वडा कार्यलकर्मचारि मिडिया कर्मी संयमसेविका प्रहरि वल निरिक्षकको टिम , जनपथ प्रहरि, वाध्यवाजक , रुद्रमति सरोकार समाजको , टोलसुधार समिति गरि लगभग एकसय बीसजनाको सहभागिता रहेको थियो ।