अखण्ड भारतको नाममा लुम्बिनी भारतको नक्सामा राखिएको विरुद्ध सडकमा जान्छौ : किरण पौडेल

May 30, 2023 - 08:20
 0
अखण्ड भारतको नाममा लुम्बिनी भारतको नक्सामा राखिएको विरुद्ध सडकमा जान्छौ : किरण पौडेल
अखण्ड भारतको नाममा लुम्बिनी भारतको नक्सामा राखिएको विरुद्ध सडकमा जान्छौ : किरण पौडेल

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य किरण पौडेलले लोकतान्त्रिक व्यवस्थालाई अझ राम्रो बनाउन सकिने भए पनि लोकतन्त्रको विकल्प भने नभएको बताउनुभएको छ । 

लोकतन्त्रले नागरिकलाई सार्वभौमसत्ता सम्पन्न बनाएको पौडेलले बताउनुभयो । राष्ट्रिय युवा संघ नेपालले मंगलबार आयोजना गरेको व्यक्तित्व सम्मान तथा समृद्ध नेपाल सुखी नेपाली विषय विचार गोष्ठीमा बोल्दै पौडेलले नागरिकले आफूलाई चित्त नबुझेको कुरा नाकैमा पुग्ने गरी औँला ठड्याएर बोल्ने अधिकार लोकतन्त्रले नै दिएको बताउनुभयो । 

हिजोको राजतन्त्र र सामन्ती व्यवस्थामा युवाले भोगेको ज्याजति बिर्सिएर राजतन्त्रको पक्षमा बोल्ने युवालाई सचेत गराउनु पर्ने उहाँले बताउनुभयो । हिजोको व्यवस्थाले युवालाई दिएको दुःख युवाले भुल्न नहुने उहाँको भनाइ छ । 

अहिलेको व्यवस्थामा केही विकृति आएकोले त्यसलाई सच्याउनु पर्ने पौडेलले बताउनुभयो । अहिले संसदीय र दलीय प्रणालीमा पनि विचलन आएको उहाँले बताउनुभयो । सत्ता प्राप्तिको निम्ति लोकतन्त्रको दुहाइदिने दलहरूले समेत जथाभाबी गठबन्धन गरेर नागरिकलाई व्यवस्था प्रति वितृष्ण फैल्याउने काम गरेका उहाँले बताउनुभयो । 

आजका कतिपय शासकहरू राजा महाराजाको शैलीमा कानुको धज्जी उडाउँदै अपराधीलाई समेत हुकुम प्रामाङ्गिका आधारमा छाड्न लागेका उहाँले बताउनुभयो । यसले कानुनी शासनको मान्यता माथि प्रश्न उठाएको उहाँको भनाइ छ । 

भारतको संसदमा अखण्ड भारतको नाममा नेपाली भूभाग समेटिएको नक्सा राखिएको प्रति उहाँले आपत्ति जनाउनुभयो । यस विषयमा यथार्थ बुझेर राष्ट्रिय युवा संघ नेपाल आन्दोलनमा उत्रिने पौडेलले बताउनुभयो । ‘यो कुरा हामीलाई सह्यै छैन, हाम्रो पुस्तालाई सह्यै छैन’, उहाँले भन्नुभयो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1