प्रधानमन्त्री प्रचण्ड र मोदीबीच आज भेटवार्ता हुँदै

Jun 1, 2023 - 01:14
 0
प्रधानमन्त्री प्रचण्ड र मोदीबीच आज भेटवार्ता हुँदै
प्रधानमन्त्री प्रचण्ड र मोदीबीच आज भेटवार्ता हुँदै

काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समकक्षी नरेन्द्र मोदीबीच आज भेटघाट हुँदै छ । हैदरावाद हाउसमा आज बिहान ११ः०५ बजेदेखि द्विपक्षीय भेटवार्ता तय भएको छ । हैदरावाद हाउसमा प्रधानमन्त्रीले भारतीय समकक्षीसँग भेटवार्ता गर्ने र लगत्तै प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसअघि साढे १० बजे महात्मा गान्धीको समाधि स्थल राजघाट जाने कार्यक्रम छ ।

आजै केही महत्त्वपूर्ण विषयमा सहमति हुने र केही समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । ऊर्जा व्यापार, वाणिज्य, व्यापार तथा आपसी हितका विविध विषयमा छलफल गर्ने गरी कार्यसूची तय भएको छ ।

प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्रीले दिवा भोजको आयोजना गर्नुभएको छ । त्यसपछि प्रधानमन्त्री दाहालको भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखरसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने अन्तर्क्रियालाई आज नै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1