वाराणसीबाट प्रधानमन्त्री नरेन्द्र मोदी विजयी

काठमाडौँ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रो पटक वाराणसीबाट लोकसभा सदस्य निर्वाचित भएका छन्।मंगलबार साँझ सम्पन्न मतगणनाबाट वाराणसीमा भारतीय जनता पार्टीका उम्मेदवार रहेका प्रधानमन्त्री मोदी करिब डेढ लाख मतान्तरले विजयी भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। यहाँ कंग्रेस आईले अजय रायलाई उम्मेदवार बनाएको थियो। राय लगातार दोस्रो पटक मोदीसँग पराजित भएका हुन्।सन् २०१९ को निर्वाचनमा मोदी […]

Jun 4, 2024 - 13:29
 0
वाराणसीबाट प्रधानमन्त्री नरेन्द्र मोदी विजयी

काठमाडौँ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रो पटक वाराणसीबाट लोकसभा सदस्य निर्वाचित भएका छन्।मंगलबार साँझ सम्पन्न मतगणनाबाट वाराणसीमा भारतीय जनता पार्टीका उम्मेदवार रहेका प्रधानमन्त्री मोदी करिब डेढ लाख मतान्तरले विजयी भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

यहाँ कंग्रेस आईले अजय रायलाई उम्मेदवार बनाएको थियो। राय लगातार दोस्रो पटक मोदीसँग पराजित भएका हुन्।सन् २०१९ को निर्वाचनमा मोदी ६ लाख ७४ हजार भन्दा बढी मत ल्याएर निर्वाचित भएका थिए। यसपाालि भने कम मतान्तरले मोदी निर्वाचित भएको भारतीय सञ्चारमाध्यहरूले जनाएका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register