१० महिनामा ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ रेमिटेन्स भित्रियो

झापा, २८ जेठ । रेमिटेन्स आप्रवाह १९.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू वर्षको १० महिनाको अवधिमा १९.२ प्रतिशतले बढेर ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ रेमिटेन्स भित्रिएको हो । अघिल्लो वर्षको सोही अवधिमा २३।४ प्रतिशतले रेमिटेन्स आप्रवाह बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७।१ प्रतिशतले वृद्धि भएको [...] The post १० महिनामा ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ रेमिटेन्स भित्रियो appeared first on Jhapa Online.

Jun 10, 2024 - 12:52
 0
१० महिनामा ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ रेमिटेन्स भित्रियो

झापा, २८ जेठ । रेमिटेन्स आप्रवाह १९.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू वर्षको १० महिनाको अवधिमा १९.२ प्रतिशतले बढेर ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ रेमिटेन्स भित्रिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा २३।४ प्रतिशतले रेमिटेन्स आप्रवाह बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७।१ प्रतिशतले वृद्धि भएको छ । यससँगै यस अवधिमा ९ अर्ब २ करोड डलर रेमिटेन्स भित्रिएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३।४ प्रतिशतले बढेको थियो ।

यस्तै समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको सङ्ख्या ३ लाख ७४ हजार ८८७ छ । यस्तै पुन श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ३७ हजार ८९३ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो स्वीकृति लिनेको सङ्ख्या ४ लाख २१ हजार २७९ र २ लाख ३८ हजार ९७६ थियो ।

The post १० महिनामा ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ रेमिटेन्स भित्रियो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register