बिर्तामोडमा ७२१ वटा बाख्रा वितरण, २४० वटा खोर निर्माण

बिर्तामोड, २८ बैशाख । बिर्तामोड नगरपालिकाले वडा नम्बर ६ मा बाख्रा वितरण गरेको छ । नगरको मेयर पकेट प्याकेज ग्रामीण बाख्रा साटासाट कार्यक्रम अन्तर्गत महिला कृषकहरुलाई आज बाख्रा वितरण गरिएको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाईले याग्राङ्ग सिङ्ग कृषक समूहलाई ४५ वटा पाठी र एउटा बोयर जातको विउ बोका वितरण गर्नु भयो । समूहमा [...] The post बिर्तामोडमा ७२१ वटा बाख्रा वितरण, २४० वटा खोर निर्माण appeared first on Jhapa Online.

Jun 10, 2024 - 16:28
 0
बिर्तामोडमा ७२१ वटा बाख्रा वितरण, २४० वटा खोर निर्माण

बिर्तामोड, २८ बैशाख । बिर्तामोड नगरपालिकाले वडा नम्बर ६ मा बाख्रा वितरण गरेको छ । नगरको मेयर पकेट प्याकेज ग्रामीण बाख्रा साटासाट कार्यक्रम अन्तर्गत महिला कृषकहरुलाई आज बाख्रा वितरण गरिएको हो ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईले याग्राङ्ग सिङ्ग कृषक समूहलाई ४५ वटा पाठी र एउटा बोयर जातको विउ बोका वितरण गर्नु भयो । समूहमा रहेका १५ जनाले तीन तीन वटाको दरले बाख्रा प्राप्त गरेका छन् । मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत बाख्रा प्राप्त गरेको समूहले एक वर्षपछि त्यति नै संख्यामा बाख्रा अर्को समूहलाई हस्तान्तरण गर्नु पर्ने व्यवस्था छ ।

आज प्रदान गरिएको बाख्रा वडा नम्बर ८ को किशान भिट्टा व्यवसायिक तथा पशुपालन कृषक समूहबाट उपलब्ध गराइएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७४–०७५ यता ७ सय २१ वटा बाख्रा वितरण गरिसकेको छ । साथै, यस अवधिमा २ सय ४० वटा खोर पनि निर्माण गरीदिएको छ । बाख्रा वितरण गरेपछि नगरपालिकाले खोर निर्माणसँगै वीमा, खोप, सिजनको घाँस र औषधी उपचारमासमेत सहयोग गर्दै आएको छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले ग्रामीण महिलाको आर्थिक उपार्जनका लागि सञ्चालन गरिएको बाख्रा साटासाट कार्यक्रम प्रभावकारी बनेको बताउनुभयो । उहाँले स्थानीय सरकारको अभ्यास सुरु भएसँगै मेयर पकेट कार्यक्रम सञ्चालन भएको र बाख्रा, बंगुर साटासाट कार्यक्रमले नगरपालिकाको लक्ष्य प्राप्त गरिरहेको धारणा राख्नुभयो । महिलाहरुले बाख्रा पालन सुरु गरेपछि छोराछोरीको शिक्षा, चाडपर्व र घर खर्च चलाउन सघाउ पुगेको भन्दै नगर प्रमुख प्रसाईले बाख्रालाई राम्रो पालनपोषण गरेर मनग्य आम्दानी लिन आग्रह गर्नुभयो ।

बिर्तामोडमा बाख्रा पालनमा १५ वटा महिला कृषक समूह रहेको पशुपंछि तथा मत्स्य विकाश शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिनुभयो । उहाँले यस कार्यक्रम अन्तर्गत कृषकहरुले वार्षिक ६० हजार देखि ३ लाख रुपैयाँसम्म आम्दानी गरेको जानकारी दिनुभयो ।

नगरले सुरुवातमा २ लाख ६५ हजार लगानी गरेर बाख्रा खरिद गरी मेयर पकेट अन्तर्गत बाख्रा साटासाट कार्यक्रमलाई अघि बढाएको थियो । आर्थिक विकास समिति संयोजक संगिता सिवाको अध्यक्षतामा आयोजित बाख्रा वितरण कार्यक्रममा स्थानीय विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

The post बिर्तामोडमा ७२१ वटा बाख्रा वितरण, २४० वटा खोर निर्माण appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register