बिर्तामोडमा छुरा प्रहार गरेर फरार युवा बुद्धशान्तिबाट पक्राउ

बिर्तामोड, २८ जेठ । झापाको बिर्तामोडमा एक ज्येष्ठ नागरिकलाई छुरा प्रहार गरी घाइते बनाएर फरार भएका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका–३ का बरुण धिमाल रहेका छन् । धिमालले गत जेठ ६ गते बिर्तामोड–३ स्थित विनिता ढकालको घरमा डेरा गरी बस्दै आएका सुनसरी इटहरीका ७०वर्षीय काशिनाथ गौतमलाई पेट, र शरीरको [...] The post बिर्तामोडमा छुरा प्रहार गरेर फरार युवा बुद्धशान्तिबाट पक्राउ appeared first on Jhapa Online.

Jun 10, 2024 - 16:44
 0
बिर्तामोडमा छुरा प्रहार गरेर फरार युवा बुद्धशान्तिबाट पक्राउ

बिर्तामोड, २८ जेठ । झापाको बिर्तामोडमा एक ज्येष्ठ नागरिकलाई छुरा प्रहार गरी घाइते बनाएर फरार भएका एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका–३ का बरुण धिमाल रहेका छन् । धिमालले गत जेठ ६ गते बिर्तामोड–३ स्थित विनिता ढकालको घरमा डेरा गरी बस्दै आएका सुनसरी इटहरीका ७०वर्षीय काशिनाथ गौतमलाई पेट, र शरीरको विभिन्न भागमा तरकारी काट्ने चक्कुले प्रहार गरेर घाइते बनाएका थिए । धिमाल समेत सोही घरमा डेरा गरी बस्दै आएका थिए ।

उक्त घटना गरीफरार भएका धिमाललाई खोजतलाश गर्ने क्रममा आइतबार बुद्धशान्ति–३ पुल चौकबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनी झापा जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्दामा ५ दिन म्याद थप गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post बिर्तामोडमा छुरा प्रहार गरेर फरार युवा बुद्धशान्तिबाट पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register