चलचित्र पत्रकार संघ झापाले तालिम दिने

बिर्तामोड, २८ जेठ । चलचित्र पत्रकार संघ नेपाल झापाले बिर्तामोडमा पत्रकारिता तालिम आयोजना गर्ने भएको छ । चलचित्र पत्रकारिता लेखन सम्बन्धी पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आगामी असारको दोस्रो साता तालिमको आयोजना गर्ने संघले निर्णय गरेको हो । संघका अध्यक्ष रमेश तिवारीको अध्यक्षतामा आज बिर्तामोडमा बसेको बैठकले तालिमसहित विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ । [...] The post चलचित्र पत्रकार संघ झापाले तालिम दिने appeared first on Jhapa Online.

Jun 10, 2024 - 17:52
 0
चलचित्र पत्रकार संघ झापाले तालिम दिने

बिर्तामोड, २८ जेठ । चलचित्र पत्रकार संघ नेपाल झापाले बिर्तामोडमा पत्रकारिता तालिम आयोजना गर्ने भएको छ । चलचित्र पत्रकारिता लेखन सम्बन्धी पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आगामी असारको दोस्रो साता तालिमको आयोजना गर्ने संघले निर्णय गरेको हो ।

संघका अध्यक्ष रमेश तिवारीको अध्यक्षतामा आज बिर्तामोडमा बसेको बैठकले तालिमसहित विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ । बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा चलचित्र पत्रकार संघ झापाले तालिम आयोजना गर्ने भएको संघ सचिव एकराज प्रधानले जानकारी दिए ।

चलचित्र पत्रकार संघ नेपाल केन्द्रको समन्वयमा सहजकर्ता व्यवस्थापन गरी तालिमको सञ्चालन गर्ने भएको हो । त्यस्तै आगामी आर्थिक बर्ष २०८१–०८२ मा चलचित्र पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि झापाका १५ वटै पालिकामा नयाँ कार्यक्रमका लागि प्रस्तावना तयार गरी पेश गर्ने निर्णय समेत गरेको छ ।

नेपाल पत्रकार महासंघ झापाको आगामी हुने निर्वाचनका लागि संघका पदाधिकारी तथा सदस्य उम्मेद्वार भए उनीहरुलाई समर्थन तथा सहयोग गर्ने, सिनेमा हल सञ्चालकसँग समन्वय तथा छलफल गरेर संघका सदस्यलाई समाचार संकलनका लागि टिकटको ब्यवस्था मिलाउनेलगायतमा पनि संघले निर्णय गरेको छ । संघले यसअघि पनि संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत गत फागुन ८ गते बिर्तामोडको एक सहकारी संस्थासँगको सहकार्यमा रक्तदान कार्यक्रम र गत जेठ ७ गते संघको २५ औं स्थापना दिवस मनाएको थियो ।

The post चलचित्र पत्रकार संघ झापाले तालिम दिने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register