बिर्तामोडका युवा मेचीनगरबाट लागुऔषधसहित पक्राउ

मेचीनगर, २९ जेठ । झापाको मेचीनगरबाट प्रहरीले लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ । सोमबार राति मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलमा प्रहरी टोलीले भारततर्फबाट भाडाको सिटी सफारीमा आउँदै गरेका बिर्तामोड नगरपालिका–५ का ३८ वर्षीय सुमन भन्ने सूर्यवंशी रायलाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको हो । उक्त स्थानमा शंकित अवस्थामा फेला पारी सोधपुछ गर्दा लाष्टिकले पोका [...] The post बिर्तामोडका युवा मेचीनगरबाट लागुऔषधसहित पक्राउ appeared first on Jhapa Online.

Jun 11, 2024 - 04:02
 0
बिर्तामोडका युवा मेचीनगरबाट लागुऔषधसहित पक्राउ

मेचीनगर, २९ जेठ । झापाको मेचीनगरबाट प्रहरीले लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ ।

सोमबार राति मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलमा प्रहरी टोलीले भारततर्फबाट भाडाको सिटी सफारीमा आउँदै गरेका बिर्तामोड नगरपालिका–५ का ३८ वर्षीय सुमन भन्ने सूर्यवंशी रायलाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको हो । उक्त स्थानमा शंकित अवस्थामा फेला पारी सोधपुछ गर्दा लाष्टिकले पोका पारेको लागूऔषध (खैरो हेरोइन) जस्तो देखिने पदार्थ प्लाष्टिक सहित तौल गर्दा २ ग्राम ५३ मिलिग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post बिर्तामोडका युवा मेचीनगरबाट लागुऔषधसहित पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register