भद्रपुर नगर बाल सञ्जाल पुनः गठन, अध्यक्षमा पाण्डे

भद्रपुर, २९ जेठ । झापाको बालमैत्री नगर भद्रपुरमा नगर बाल सञ्जाल पुनर्गठन भएको छ । सोमबार भएको नगर बाल सञ्जालको तेस्रो अधिवेशनले उत्सव पाण्डेको अध्यक्षतामा २७ सदस्यीय समिति बनेको हो । सञ्जालको उपाध्यक्षमा निरु खनाल, सचिवमा समिर निरौला, सहसचिवमा श्रेयम अधिकारी र कोषाध्यक्षमा अर्पण मल्लिक चयन हुनुभएको भद्रपुर नगरपालिकाकी सामाजिक विकाश शाखा प्रमुख जीवनकला राउतले [...] The post भद्रपुर नगर बाल सञ्जाल पुनः गठन, अध्यक्षमा पाण्डे appeared first on Jhapa Online.

Jun 11, 2024 - 04:22
 0
भद्रपुर नगर बाल सञ्जाल पुनः गठन, अध्यक्षमा पाण्डे

भद्रपुर, २९ जेठ । झापाको बालमैत्री नगर भद्रपुरमा नगर बाल सञ्जाल पुनर्गठन भएको छ ।

सोमबार भएको नगर बाल सञ्जालको तेस्रो अधिवेशनले उत्सव पाण्डेको अध्यक्षतामा २७ सदस्यीय समिति बनेको हो । सञ्जालको उपाध्यक्षमा निरु खनाल, सचिवमा समिर निरौला, सहसचिवमा श्रेयम अधिकारी र कोषाध्यक्षमा अर्पण मल्लिक चयन हुनुभएको भद्रपुर नगरपालिकाकी सामाजिक विकाश शाखा प्रमुख जीवनकला राउतले जानकारी दिनुभयो ।

नगर बाल सञ्जाल अध्यक्ष आरोग्य तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख गणेश पोखरेल, विशिष्ठ अतिथि उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला लगायत हुनुहुन्थ्यो ।

उत्कृष्ट वडाका रुपमा वडा नं. ७ लाई सम्मान गरिएको कार्यक्रममा सञ्जालका अध्यक्ष तिम्सिनाले आफ्नो कार्यकालमा भएको कार्यप्रगति प्रस्तुत गर्नुभएको थियो । त्यस्तै, नगरका तर्फबाट निवर्तमान समितिका पदाधिकारीलाई सम्मानपत्र हस्तान्तरण गरिएको थियो ।

आगामी आर्थिक वर्षमा नगरले बालबालिका पक्षमा गर्नुपर्ने कामका बारेमा विभिन्न २० वटा योजना प्रस्ताव गरिएको शाखा प्रमुख राउतले बताउनुभयो । शाखाकी कर्मचारी सञ्जु कोइरालाले सञ्चालन गर्नुभएको कार्यक्रममा शाखा प्रमुख राउतले स्वागतसँगै औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।

The post भद्रपुर नगर बाल सञ्जाल पुनः गठन, अध्यक्षमा पाण्डे appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register