लक्ष्मी सनराइज बैंकले ६ हजार रूख रोपेर मनायो विश्व वातावरण दिवस

काठमाडौं। लक्ष्मी सनराइज बैंकले ‘प्रोजेक्ट-५के’ परियोजनाका साथ विश्व वातावरण दिवस २०२४ मनाएको छ । सो पहल मार्फत बैंकले यस वर्ष विश्व वातावरण दिवसमा ‘आवर ल्यान्ड, आवर फ्युचर #वि आर जेनेरेसनरेस्ट्रोरेसन’ भन्ने नाराका साथ देशभर ५,००० रूख रोप्ने लक्ष्य राखेको थियो। जुन १ देखि ८ सम्मको सप्ताहभर बैंकले आफ्ना विभिन्न शाखाहरू मार्फत स्थानीय समुदाय तथा संस्थाहरूसँगको सहकार्यमा […]

Jun 11, 2024 - 07:57
 0
लक्ष्मी सनराइज बैंकले ६ हजार रूख रोपेर मनायो विश्व वातावरण दिवस

काठमाडौं। लक्ष्मी सनराइज बैंकले ‘प्रोजेक्ट-५के’ परियोजनाका साथ विश्व वातावरण दिवस २०२४ मनाएको छ । सो पहल मार्फत बैंकले यस वर्ष विश्व वातावरण दिवसमा ‘आवर ल्यान्ड, आवर फ्युचर #वि आर जेनेरेसनरेस्ट्रोरेसन’ भन्ने नाराका साथ देशभर ५,००० रूख रोप्ने लक्ष्य राखेको थियो।

जुन १ देखि ८ सम्मको सप्ताहभर बैंकले आफ्ना विभिन्न शाखाहरू मार्फत स्थानीय समुदाय तथा संस्थाहरूसँगको सहकार्यमा करिब ६,००० रूखहरू रोपेको जनाएको छ। यो देशव्यापी वृक्षरोपण विभिन्न विद्यालय, सामुदायिक वन, संरक्षण क्षेत्र, अस्पताल, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको ब्यारेक, मन्दिर र सार्वजनिक स्थानहरूमा गरिएको थियो।

बैंकका अनुसार प्रोजेक्ट ५के सँगै लक्ष्मी सनराइज बैंकले सोही दिवसमा आफ्नो एभोडेड इमिसन रिपोर्ट पनि सार्वजनिक गरेको थियो । यस प्रतिवेदनले नवीकरणीय ऊर्जा– विशेष गरी जलविद्युतमा गरिएको लगानीबाट पर्न जाने वातावरणीय प्रभावको विस्तृत प्रामाणीकरण गर्दछ।

यस क्षेत्रमा गरिएको लगानी मार्फत बैंकले कुल २५,१३४.१८ सीओ२ई कार्बन उत्सर्जन हुनबाट जोगाएको बैंकको भनाई छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register