विदेश पठाउने भन्दै ३ जनाले ३ सय बढीलाई ठगे, पक्राउ परेपछि खुल्यो १५ करोड ठगी गरेको रहस्य !  

काठमाडौँ । विदेश पठाउने भन्दै करोडौँ ठगी गर्ने तीन जना पक्राउ परेका छन् । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर सयौँलाई ठगेको आरोपमा ३ जना पक्राउ परेका हुन् ।  पक्राउ पर्नेमा चितवनका राजकुमार भट्ट, कास्कीका पवन पन्त र नवीन बिक रहेका छन् । उनीहरुलाई काठमाडौँका उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।  पक्राउ […]

Jun 11, 2024 - 08:49
 0
विदेश पठाउने भन्दै ३ जनाले ३ सय बढीलाई ठगे, पक्राउ परेपछि खुल्यो १५ करोड ठगी गरेको रहस्य !  

काठमाडौँ । विदेश पठाउने भन्दै करोडौँ ठगी गर्ने तीन जना पक्राउ परेका छन् । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर सयौँलाई ठगेको आरोपमा ३ जना पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा चितवनका राजकुमार भट्ट, कास्कीका पवन पन्त र नवीन बिक रहेका छन् । उनीहरुलाई काठमाडौँका उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । 

पक्राउ परेका तीनै जनालाई मंगलबार सार्वजनिक गर्दै प्रहरीले उनीहरुले विगत ४/५ वर्षदेखि वैदेशिक रोजगारीमा पठाउने भन्दै ३०० सयभन्दा धेरैलाई ठगेको जनाएको छ । प्रहरीका अनुसार उनीहरुले प्रति व्यक्ति ५ देखि १० लाख रुपैयाँका दरले ठगी गरेको पाइएको छ । 

उनीहरुले ठगी गरेको रकम १५ करोड भन्दा धेरै रहेको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा उनीहरुले फेसबुक, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमार्फत न्युजिल्याण्ड, कम्बोडिया, फ्रान्स लगायतका देशमा पठाउने भन्दै ठगी गरेको खुलासा भएको छ । यतिसम्मकी नेपालमा जागिर दिने भन्दै उनीहरुले केही एकाउन्टेन्ट राखेर उनीहरुलाईसमेत ठगीमा प्रयोग गरेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register