मोटरसाइकल चोरीमा संलग्न एक जना ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौँ। काठमाडौँको माछापोखरीबाट मोटरसाइकल चोरीमा संलग्न एक जनालाई सोमबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका ३ गतलाङ घर भइ हाल काठमाडौंको कपुरधारा बस्ने १९ वर्षीय सागर तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । वास्तविक नम्बर परिवर्तन गरी बा ८५ प ६० ६६ नम्बर राखी चलाइरहेको अवस्थामा मोटरसाइकल सहित तामाङलाई आज बिहान ट्राफिक […]

Jun 11, 2024 - 08:59
 0
मोटरसाइकल चोरीमा संलग्न एक जना ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौँ।

काठमाडौँको माछापोखरीबाट मोटरसाइकल चोरीमा संलग्न एक जनालाई सोमबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका ३ गतलाङ घर भइ हाल काठमाडौंको कपुरधारा बस्ने १९ वर्षीय सागर तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

वास्तविक नम्बर परिवर्तन गरी बा ८५ प ६० ६६ नम्बर राखी चलाइरहेको अवस्थामा मोटरसाइकल सहित तामाङलाई आज बिहान ट्राफिक प्रहरीले फेला पारेको थियो । नियन्त्रणमा आएका उनलाई अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

ग २१ प ५७ ७७ नम्बरको मोटरसाइकल काठमाडौंकै गंगबुबाट हराएको भनि रितिक थापाले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि दिवेदन दिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register