मंगलबार ३३.१५ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ३३.१५ अंकले बढेर २११५.२४ बिन्दुमा पुगेको हो । मंगलबार नेप्सेमा कुल ३ सय ११ कम्पनीको एक करोड २६ लाख ६५ हजार ३ सय २९ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ५५ करोडमाथिको सेयर कारोबार भएको छ । […]

Jun 11, 2024 - 10:41
 0
मंगलबार ३३.१५ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ३३.१५ अंकले बढेर २११५.२४ बिन्दुमा पुगेको हो ।

मंगलबार नेप्सेमा कुल ३ सय ११ कम्पनीको एक करोड २६ लाख ६५ हजार ३ सय २९ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ५५ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज पनि सबैभन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको भएको छ । यस कम्पनीको ३६ करोड ३० लाख ९२ हजार ९ सय १० रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा बरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register