प्रेमीसँग विवाह गर्दै सोनाक्षी, पिता शत्रुघन भन्छन्- मलाई थाहा छैन

काठमाडौँ ।  बलिउड अभिनेत्री सोनाक्षी सिन्हा आफ्नो विवाहको खबरलाई लिएर चर्चामा छिन् । मिडिया रिपोर्टका अनुसार अभिनेत्री चाँडै नै आफ्नो लामो समयका प्रेमी जहीर इकबालको दुलही बन्न लागेकी छिन् । अभिनेत्री जहीरसँग २३ जुनमा मुम्बईमा विवाह बन्धनमा बाँधिने खबर आइरहेको छ । यद्यपि यी खबरहरु नायिकाले पुष्टि गरेकी छैनन्। यसैबीच उनका पिता, अभिनेता तथा राजनीतिज्ञ […]

Jun 11, 2024 - 11:11
 0
प्रेमीसँग विवाह गर्दै सोनाक्षी, पिता शत्रुघन भन्छन्- मलाई थाहा छैन

काठमाडौँ । 

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा आफ्नो विवाहको खबरलाई लिएर चर्चामा छिन् ।

मिडिया रिपोर्टका अनुसार अभिनेत्री चाँडै नै आफ्नो लामो समयका प्रेमी जहीर इकबालको दुलही बन्न लागेकी छिन् । अभिनेत्री जहीरसँग २३ जुनमा मुम्बईमा विवाह बन्धनमा बाँधिने खबर आइरहेको छ । यद्यपि यी खबरहरु नायिकाले पुष्टि गरेकी छैनन्।

यसैबीच उनका पिता, अभिनेता तथा राजनीतिज्ञ शत्रुघ्न सिन्हाको बयान बाहिर आएको छ । छोरीको बिहेबारे आफूलाई कुनै जानकारी नभएको उनले बताए । शत्रुघन सिन्हाले हालै एक कुराकानीमा आफ्नी छोरी सोनाक्षीको विवाहको बारेमा आफूलाई कुनै जानकारी नभएको बताएका थिए । उनीहरुलाई पनि मिडियाबाट सुनेको जति थाहा छ । अभिनेताले भने, ‘मैले मिडियामा जति पढेको छु, सोनाक्षीले यसबारे कहिले बताउनुहुन्छ भन्ने मलाई पनि थाहा छ । हामी सधैं उनीहरूको खुशीको कामना गर्दछौं।

योसँगै उनले भावुक भएर छोरीको निर्णयमा आफूलाई पूर्ण विश्वास रहेको बताए । शत्रुघ्नले भने, ‘हामीलाई सोनाक्षीमा पूर्ण विश्वास छ । उसले कहिल्यै कुनै अवैध वा गलत निर्णय लिने छैन । उनी वयस्क छिन्, उनीसँग आफ्नै निर्णयहरू लिने अधिकार छ ।’

सोनाक्षी सिन्हा र जहीर इकबाल लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका छन् । मिडिया रिपोर्टका अनुसार दुवै अब आफ्नो सम्बन्धलाई अर्को तहमा लैजान तयार छन्। यस्तो अवस्थामा दुवैले २३ जुनमा मुम्बईमा विवाह गर्ने विषय मिडियामा आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register