भारतीय कलाकार ब्रह्मानन्दम समेत अभिनीत ‘ह्रस्व दीर्घ’ लुक्समा नीता, यस्तो छ ‘फस्ट लुक्स’

काठमाडौं । नायिका नीता ढुंगानाको मुख्य भूमिका रहेको फिल्म ‘ह्रस्व दीर्घ’बाट उनको पहिलो लुक्स सार्वजनिक भएको छ । नेपाल र भारतमा गरी तीन चरणमा छायाङ्कन गरिएको फिल्मको पहिलो लुक्समा भारतीय कलाकार ब्रह्मानन्दम भने पछाडी छन् । फिल्ममा उनको भूमिका पनि छोटो छ । लुक्समा नीतालाई हातमा बज्र लिएर उभिएको देख्न सकिन्छ भने भारतीय अभिनेता ब्रह्मानन्दम, […]

Jun 11, 2024 - 11:57
 0
भारतीय कलाकार ब्रह्मानन्दम समेत अभिनीत ‘ह्रस्व दीर्घ’ लुक्समा नीता, यस्तो छ ‘फस्ट लुक्स’

काठमाडौं । नायिका नीता ढुंगानाको मुख्य भूमिका रहेको फिल्म ‘ह्रस्व दीर्घ’बाट उनको पहिलो लुक्स सार्वजनिक भएको छ ।

नेपाल र भारतमा गरी तीन चरणमा छायाङ्कन गरिएको फिल्मको पहिलो लुक्समा भारतीय कलाकार ब्रह्मानन्दम भने पछाडी छन् । फिल्ममा उनको भूमिका पनि छोटो छ ।

लुक्समा नीतालाई हातमा बज्र लिएर उभिएको देख्न सकिन्छ भने भारतीय अभिनेता ब्रह्मानन्दम, अली र नेपाली कलाकार किरण केसी, बुद्धि तामाङ, रवीन्द्र झा र आदर्श मिश्रलाई आआफ्नो चरित्रमा देखाइएको छ ।

असोज ३ गतेबाट रिलिज हुने फिल्ममा चन्द्र पन्तको निर्देशन छ ।

फिल्ममा नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, बुद्धि तामाङ, किरण केसी, रवीन्द्र झा, ब्रह्मानन्दम, अलि, प्रदीप रावत र कबीर दुहान सिंहको मुख्य भूमिका छ ।

हरिहर अधिकारीको कथा लेखन रहेको फिल्ममा भारतीय छायांकार कवीरलालको छायाकन छ । उनले ‘वेलकम ब्याक’, ‘परदेश’, ‘दिल आपके पास है’ जस्ता दर्जनौँ बलिउड फिल्म खिचेका छन् ।

फिल्मको नेपाल र भारतमा गरी तीन चरणमा छायाङ्कन गरिएको थियो । फिल्ममा मित्र डि गुरुङको सम्पादन तथा रामजी लामिछाने र बलिउडकी सुष्मा सुमनको कोरियोग्राफी रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register