बर्लिनमा राष्ट्रपति पौडेललाई गार्ड अफ अनर

बर्लिन (जर्मनी), असार ३ गते । जर्मनको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार बर्लिनमा जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको छ । राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबिच द्विपक्षीय भेटवार्ता हुनुअघि सो सम्मान दिइएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका […]

Jun 17, 2024 - 21:32
 0
बर्लिनमा राष्ट्रपति पौडेललाई गार्ड अफ अनर

बर्लिन (जर्मनी), असार ३ गते । जर्मनको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार बर्लिनमा जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको छ ।

राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबिच द्विपक्षीय भेटवार्ता हुनुअघि सो सम्मान दिइएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उदघाटनसत्रमा सहभागी भएर जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति यहाँ आउनुभएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register