पानीको निकास नहुँदा भद्रपुर नगरपालिका कार्यालय पछाडिको बस्ती डुबानमा

भद्रपुर, ४ असार । पानीको निकास नहुँदा भद्रपुर नगरपालिका कार्यालय पछाडि रहेको बस्ती डुबानमा परेको छ । बर्सेनि डुबानको समस्या भोग्दै आएका स्थानीयबासीले वडा कार्यालय र नगरपालिकामा पटक–पटक जानकरी गराए पनि कुनै सुनुवाइ नभएको उनीहरुको गुनासो छ । टोल विकास समितिले वडा कार्यालयमा गत वर्ष वडाको आवश्यकता अनुसारको योजना बुझाए पनि एउटा पनि योजना नपरेको [...] The post पानीको निकास नहुँदा भद्रपुर नगरपालिका कार्यालय पछाडिको बस्ती डुबानमा appeared first on Jhapa Online.

Jun 18, 2024 - 04:39
 0
पानीको निकास नहुँदा भद्रपुर नगरपालिका कार्यालय पछाडिको बस्ती डुबानमा

भद्रपुर, ४ असार । पानीको निकास नहुँदा भद्रपुर नगरपालिका कार्यालय पछाडि रहेको बस्ती डुबानमा परेको छ । बर्सेनि डुबानको समस्या भोग्दै आएका स्थानीयबासीले वडा कार्यालय र नगरपालिकामा पटक–पटक जानकरी गराए पनि कुनै सुनुवाइ नभएको उनीहरुको गुनासो छ ।

टोल विकास समितिले वडा कार्यालयमा गत वर्ष वडाको आवश्यकता अनुसारको योजना बुझाए पनि एउटा पनि योजना नपरेको टोल विकास समितिले जनाएको छ । आगामी आर्थिक वर्षका लागि टोल विकास समितिको सुझाव संकलन गर्ने क्रममा टोलबासीले विरोध जनाएका थिए । टोलबासीले वडा कार्यालयको विरोध गर्दै वडा कार्यालय परिसरमा धर्ना समेत दिएका थिए ।

भद्रपुर–६ का वडाध्यक्षले आफू खुसी अन्यत्रै बजेट लगेर टोलबासीलाई अपहेलना गरेको टोल समितिकै पदाधिकारीको आरोप छ ।

The post पानीको निकास नहुँदा भद्रपुर नगरपालिका कार्यालय पछाडिको बस्ती डुबानमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register