मंगलबार १८.७६ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक १८.७६ अंकले घटेर २०७६.४९ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय १८ कम्पनीको ९५ लाख ४४ हजार ७ सय ३४ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५ करोडमाथिको सेयर कारोबार भएको छ । मंगलबार सबैभन्दा बढी […]

Jun 18, 2024 - 10:35
 0
मंगलबार १८.७६ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक १८.७६ अंकले घटेर २०७६.४९ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १८ कम्पनीको ९५ लाख ४४ हजार ७ सय ३४ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५ करोडमाथिको सेयर कारोबार भएको छ ।

मंगलबार सबैभन्दा बढी कारोबार बरुण हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ११ करोड २७ लाख ९८ हजार ७ सय ८२ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।

आजको सेयर बजारमा सबैभन्दा बढी नाफा समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register