झापाको बिर्तामोडमा छोटा हात्तीको ठक्करबाट महिलाको मृत्यु

झापा, ४ असार । झापाको बिर्तामोड नगरपालिकामा आज गाडी (छोटा हात्ती) को ठक्करबाट एक महिलाको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका–५ मुक्ति चोकस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिम स्टेनबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ च ६६१३ नम्बरको छोटा हात्ती गाडीले बाटो काट्दै गरेकी पैदलयात्री मोरङ रतुवामाइ नगरपालिका–८ की ७० वर्षीया टंकमाया सुवेदीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय [...] The post झापाको बिर्तामोडमा छोटा हात्तीको ठक्करबाट महिलाको मृत्यु appeared first on Jhapa Online.

Jun 18, 2024 - 15:17
 0
झापाको बिर्तामोडमा छोटा हात्तीको ठक्करबाट महिलाको मृत्यु

झापा, ४ असार । झापाको बिर्तामोड नगरपालिकामा आज गाडी (छोटा हात्ती) को ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

बिर्तामोड नगरपालिका–५ मुक्ति चोकस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिम स्टेनबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ च ६६१३ नम्बरको छोटा हात्ती गाडीले बाटो काट्दै गरेकी पैदलयात्री मोरङ रतुवामाइ नगरपालिका–८ की ७० वर्षीया टंकमाया सुवेदीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताउनुभयो ।

उक्त गाडीको ठक्करबाट सुबेदीको टाउकोमा चोट लागेको थियो । गम्भीर घाइते उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको थियो ।

ठक्कर दिने गाडी चालक बिर्तामोड–१ का ४५ वर्षीय बीर्खबहादुर थेवेलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ ।

The post झापाको बिर्तामोडमा छोटा हात्तीको ठक्करबाट महिलाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register