अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

झापा, २६ असार । अर्जेन्टिना कोपा अमेरिकाको फाइनल प्रवेश गरेको छ । कोपा–अमेरिकाको ४८औँ संस्करणको पहिलो सेमिफाइनल खेलमा क्यानडालाई २–० ले हराउँदै विश्व विजेता अर्जेन्टिना उपाधि रक्षा नजिक पुगेको हो । अमेरिकाको न्यु जर्सीमा मङ्गलबार बेलुका भएको खेलमा अर्जेन्टिनाको लागि पहिलो गोल २२ औँ मिनेटमा जुलियन अल्भारेजले गरे । दोस्रो हाफको ५१ औँ मिनेटमा लियोनल [...] The post अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा appeared first on Jhapa Online.

Jul 10, 2024 - 04:05
 0
अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

झापा, २६ असार । अर्जेन्टिना कोपा अमेरिकाको फाइनल प्रवेश गरेको छ । कोपा–अमेरिकाको ४८औँ संस्करणको पहिलो सेमिफाइनल खेलमा क्यानडालाई २–० ले हराउँदै विश्व विजेता अर्जेन्टिना उपाधि रक्षा नजिक पुगेको हो ।

अमेरिकाको न्यु जर्सीमा मङ्गलबार बेलुका भएको खेलमा अर्जेन्टिनाको लागि पहिलो गोल २२ औँ मिनेटमा जुलियन अल्भारेजले गरे । दोस्रो हाफको ५१ औँ मिनेटमा लियोनल मेसीले एक गोल थप्दै अर्जेन्टिनाको जित सुनिश्चित गरेका थिए ।

कोपा–अमेरिका फुटबलको इतिहासमा अर्जेन्टिना सबैभन्दा सफल राष्ट्र हो । कोपा–अमेरिकामा अर्जेन्टिनाको यो ४४औँ सहभागिता हो । अर्जेन्टिनाले हालसम्म सर्वाधिक १५ पटक कोपा–अमेरिकाको उपाधि चुमिसकेको छ भने १४ पटक उपविजेता बनेको छ ।

The post अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register