पहिरो खस्दा छोराको मृत्यु, आमाको उद्धार

झापा, २६ असार । कास्कीको पोखरा महानगरपालिका–२७ मा सुतिरहेका बेला घरमाथि पहिरो खस्दा छोराको मृत्यु भएको छ भने आमाको उद्धार गरिएको छ । आज बिहान ४ बजेतिर पोखरा–२७ को सहेलपाटा भन्ने ठाउँमा घरमा पहिरो खस्दा पुरिएर २२ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको हो। स्थानीय ५१ वर्षीय मनबहादुर थापाको कच्ची घर माथिबाट खसेको पहिरोमा परी उनका [...] The post पहिरो खस्दा छोराको मृत्यु, आमाको उद्धार appeared first on Jhapa Online.

Jul 10, 2024 - 04:21
 0
पहिरो खस्दा छोराको मृत्यु, आमाको उद्धार

झापा, २६ असार । कास्कीको पोखरा महानगरपालिका–२७ मा सुतिरहेका बेला घरमाथि पहिरो खस्दा छोराको मृत्यु भएको छ भने आमाको उद्धार गरिएको छ ।

आज बिहान ४ बजेतिर पोखरा–२७ को सहेलपाटा भन्ने ठाउँमा घरमा पहिरो खस्दा पुरिएर २२ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको हो। स्थानीय ५१ वर्षीय मनबहादुर थापाको कच्ची घर माथिबाट खसेको पहिरोमा परी उनका छोरा भीमबहादुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

भीमबहादुरकी आमा ५० वर्षीया कमला थापाको भने सकुशल उद्धार गरिएको डीएसपी वसन्तकुमार शर्माले बताउनुभयो । घरभित्र आमा र छोरा सुतिरहेका बेला पहिरोले बगाएको हो । घरमूली मनबहादुर भने घरमा नरहेकाले जोगिएको प्रहरीले जनाएको छ ।

The post पहिरो खस्दा छोराको मृत्यु, आमाको उद्धार appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register