धान रोप्दा रोप्दै चट्याङ लागेर दुई महिलाको मृत्यु

झापा, २६ असार । बाँकेको राप्तिसोनारी गाउँपालिका–२ कचनापुरको हरिहरपुर गाउँमा मंगलबार साँझ धान रोपिरहेको बेला चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३२ वर्षीया सम्झना विक र ३३ वर्षीया बसन्ती उपाध्याय रहेका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। चट्याङ लागेर ३० वर्षीया सलिना विक गम्भीर घाइते भएकी छन् । चट्याङले लागेर [...] The post धान रोप्दा रोप्दै चट्याङ लागेर दुई महिलाको मृत्यु appeared first on Jhapa Online.

Jul 10, 2024 - 04:41
 0
धान रोप्दा रोप्दै चट्याङ लागेर दुई महिलाको मृत्यु

झापा, २६ असार । बाँकेको राप्तिसोनारी गाउँपालिका–२ कचनापुरको हरिहरपुर गाउँमा मंगलबार साँझ धान रोपिरहेको बेला चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ३२ वर्षीया सम्झना विक र ३३ वर्षीया बसन्ती उपाध्याय रहेका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। चट्याङ लागेर ३० वर्षीया सलिना विक गम्भीर घाइते भएकी छन् । चट्याङले लागेर गम्भीर घाइते भएका विक र उपाध्यायको स्थानीय अस्पतालमा उपचारको क्रममा नेपालगन्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा मृत्यु भएको हो । घाइते विकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

The post धान रोप्दा रोप्दै चट्याङ लागेर दुई महिलाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register