दाउरा निकाल्ने क्रममा नदीले बगाउँदा बेपत्ता

तनहुँ । बाढीले बगाएर ल्याएको दाउरा सेती नदीबाट झिक्ने क्रममा तनहुँमा एक जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान व्यास नगरपालिका–१ भादगाउँ का ५५ वर्षका तालबहादुर थापा छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा नदीमा बेपत्ता भएका हुन्। कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले थापाको खोजी जारी रहेको जानकारी दिए। बाढीले […]

Jul 10, 2024 - 05:54
 0
दाउरा निकाल्ने क्रममा नदीले बगाउँदा बेपत्ता

तनहुँ ।

बाढीले बगाएर ल्याएको दाउरा सेती नदीबाट झिक्ने क्रममा तनहुँमा एक जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान व्यास नगरपालिका–१ भादगाउँ का ५५ वर्षका तालबहादुर थापा छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा नदीमा बेपत्ता भएका हुन्।

कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले थापाको खोजी जारी रहेको जानकारी दिए। बाढीले बगाएर ल्याएको दाउरा निकाल्न नदी किनार आसपासका मानिसको भीड लाग्ने गर्दछ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register