सडक पार्किङ हटेसँगै काठमाडौँका गल्लीगल्लीमा पार्किङ (फोटो-कथा) 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्युरोडका सडकबाट पार्किङ हटाएपछि अधिकांश गल्ली र चोक पार्किङमा परिणत भएका छन् । खासगरि बसन्तपुर स्क्वायर दरबार क्षेत्र, काष्ठमण्डप क्षेत्र तथा मारुहिटी क्षेत्रका गल्लीहरु अघोषित पार्किङ स्थल बनेका छन् ।  यी क्षेत्रसँगै संकटा मन्दिर क्षेत्र पनि पार्किङ स्थलमा परिणत भएको छ ।  पार्किङ स्थलको अभाव भएपछि सांस्कृतिक नगरीको रुपमा परिचित काठमाडौँका […]

Jul 10, 2024 - 07:12
 0
सडक पार्किङ हटेसँगै काठमाडौँका गल्लीगल्लीमा पार्किङ (फोटो-कथा) 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्युरोडका सडकबाट पार्किङ हटाएपछि अधिकांश गल्ली र चोक पार्किङमा परिणत भएका छन् । खासगरि बसन्तपुर स्क्वायर दरबार क्षेत्र, काष्ठमण्डप क्षेत्र तथा मारुहिटी क्षेत्रका गल्लीहरु अघोषित पार्किङ स्थल बनेका छन् । 

यी क्षेत्रसँगै संकटा मन्दिर क्षेत्र पनि पार्किङ स्थलमा परिणत भएको छ । 

पार्किङ स्थलको अभाव भएपछि सांस्कृतिक नगरीको रुपमा परिचित काठमाडौँका सम्पदाहरु अहिले मोटरसाइकल र स्कुटरले छोपिएका छन् । यसरी हुने अव्यवस्थित पार्किङका कारण गल्ली र चोकहरु अस्तव्यस्त देखिएका छन् । यतिमात्र होइन, यसरी हुने अव्यवस्थित पार्किङले सडक प्रयोग गर्ने पैदलयात्री थप सास्तीमा परेका छन् । 

यसो त गल्ली र चोकहरुमा हुने अव्यवस्थित पार्किङको विकल्पमा महानगरले सुन्धारामा पार्किङको निःशुल्क व्यवस्थासमेत गरेको छ । तर, नागरिकहरुले उक्त पार्किङको प्रयोग नगर्दा र पार्किङका लागि गल्ली तथा चोक रोज्न थालेपछी अहिले न्युरोड आसपासका क्षेत्र कुरुप मात्रै देखिएका छैनन्, बरु अव्यवस्थित पनि भएका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register