महालक्ष्मी विकास बैंकद्धारा अन्तरदेशीय क्युआर पेमेन्ट सुविधाको निरन्तरता

काठमाडौँ । महालक्ष्मी विकास बैंकले अन्तरदेशीय क्युआर पेमेन्ट सुविधाको निरन्तरता दिएको छ । बैंकले फोन पेसँगको सहकार्यमा नेपाल आएका भारतीय नागरिकहरूलाई क्युआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्युआर पेमेन्ट सुविधालाई निरन्तरता दिएको हो । यस अन्तर्गत भारतीय नागरिकहरूले भारतीय भुक्तानी सेवा प्रदायकहरू जस्तै भिम पे, पेटीएम, गुगल पे आदिको माध्यमबाट यस बैंकले […]

Jul 10, 2024 - 08:48
 0
महालक्ष्मी विकास बैंकद्धारा अन्तरदेशीय क्युआर पेमेन्ट सुविधाको निरन्तरता

काठमाडौँ । महालक्ष्मी विकास बैंकले अन्तरदेशीय क्युआर पेमेन्ट सुविधाको निरन्तरता दिएको छ । बैंकले फोन पेसँगको सहकार्यमा नेपाल आएका भारतीय नागरिकहरूलाई क्युआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्युआर पेमेन्ट सुविधालाई निरन्तरता दिएको हो ।

यस अन्तर्गत भारतीय नागरिकहरूले भारतीय भुक्तानी सेवा प्रदायकहरू जस्तै भिम पे, पेटीएम, गुगल पे आदिको माध्यमबाट यस बैंकले उपलब्ध गराएको क्युआर कोडमा स्क्यान गरी नेपालका विभिन्न व्यापारिक स्टोरहरुमा तत्काल, सुरक्षित र सुविधाजनक तरिकाले भुक्तानी गर्न सक्नेछन् ।

बैंकले यस्ता कार्यबाट नेपाल र भारतबीच रहेको आर्थिक, सामाजिक तथा पारस्परिक सम्बन्धलाई थप नयाँ उचाईमा पुर्याउन र नेपालको आर्थिक तथा पर्यटन विकासमा समेत सहयोग पुग्ने विश्वास लिएको छ ।

त्यस्तै, यसअघि पनि महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले नेपाल र भारतबीच अन्तरदेशीय कारोबार भुक्तानी सहजिकरणका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । साथै, नेपाल आउने भारतीय पर्यटकहरूलाई लक्षितगरी उक्त सेवा अझ छिटो, छरितो र भरपर्दो रुपमा प्रदान गर्न यस बैंकले आफ्ना संस्थागत ग्राहकहरूसँग आवश्यक सहकार्यसमेत  गर्नेछ ।

डिजिटल भुक्तानीका माध्यमहरूको नवीनतम प्रयोगप्रति बैंक सँधै प्रतिबद्ध रहेको र नेपालभर रहेको शाखा सञ्जाल तथा मर्चेन्ट नेटर्वकको माध्यमबाट अन्तरदेशीय क्युआर भुक्तानीमा समेत अग्रणी सेवा प्रदायकको रुपमा स्थापित हुने विश्वास बैंकले लिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register