नेपालमा गत वर्षको तुलनामा डेंगु सङ्क्रमण न्यून

काठमाडौँ, २६ असार । नेपालमा गत वर्षको तुलनामा हालसम्म डेंगु सङ्क्रमण न्यून देखिएको छ । सन् २०२३ को जनवरीदेखि जुन महिनासम्म १ हजार ८०५ जना डेंगु सङ्क्रमित भेटिएका थिए भने यो वर्ष (सन् २०२४ को सोही अवधिमा) १ हजार ४८३ जनामा डेंगु सङ्क्रमण देखिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० का अनुसार गत [...] The post नेपालमा गत वर्षको तुलनामा डेंगु सङ्क्रमण न्यून appeared first on Jhapa Online.

Jul 10, 2024 - 10:25
 0
नेपालमा गत वर्षको तुलनामा डेंगु सङ्क्रमण न्यून

काठमाडौँ, २६ असार । नेपालमा गत वर्षको तुलनामा हालसम्म डेंगु सङ्क्रमण न्यून देखिएको छ । सन् २०२३ को जनवरीदेखि जुन महिनासम्म १ हजार ८०५ जना डेंगु सङ्क्रमित भेटिएका थिए भने यो वर्ष (सन् २०२४ को सोही अवधिमा) १ हजार ४८३ जनामा डेंगु सङ्क्रमण देखिएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० का अनुसार गत वर्ष जुन महिनादेखि डेंगु सङ्क्रमण उच्च भएको थियो । तर यो वर्ष जुनमा पनि गत वर्षको तुलनामा सङ्क्रमित सङ्ख्या कम छ ।

गत वर्ष जुन महिनामा १ हजार २६ जनामा डेंगु पुष्टि भएको थियो । यो वर्षको जुन महिनामा ३२० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । यो वर्ष सन् २०२४ को जनवरी महिनामा २४३ जनामा डेंगु सङ्क्रमण भएको छ ।

यस्तै, फेब्रुअरीमा १७३ जनालाई डेंगु भएको छ भने मार्चमा २०० जना, अप्रिलमा २१८ जनालाई डेंगु भएको छ भने मे महिनामा २५८ जनालाई डेंगु सङ्क्रमण भएको छ । जुलाई महिनामा ७१ जनामा डेंगु पुष्टि भएको छ ।

गत वर्ष सन् २०२३ को जनवरीमा १३३ जनालाई डेंगु सङ्क्रमण भएको थियो । फेब्रुअरीमा १३० जना, मार्चमा १९५, अप्रिलमा १५८, मे महिनामा १६३ जनामा डेंगु भएको छ ।

जुनमा १ हजार २६ जनालाई डेंगु सङ्क्रमण देखिएको थियो । त्यसबेला यो महिनादेखि डेंगु सङ्क्रमण उच्च भएको थियो । ‘गत वर्ष जुलाईमा ६ हजार ४५९ जनामा डेंगु सङ्क्रमण भएको थियो भने ४ महिना सङ्क्रमणको जोखिम उच्च नै थियो’ महाशाखाले भनेको छ ।

The post नेपालमा गत वर्षको तुलनामा डेंगु सङ्क्रमण न्यून appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register