बुधबार २३.२५ अंकले बढ्यो नेप्से परिसूचक, ५ अर्ब ७४ करोडमाथिको कारोबार

काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक २३.२५ अंकले बढेर २१७५.४० बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय २२ कम्पनीको १ करोड ५२ लाख ९६ हजार ७ सय ३९ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ७४ करोडमाथिको सेयर कारोबार भएको छ । […]

Jul 10, 2024 - 10:32
 0
बुधबार २३.२५ अंकले बढ्यो नेप्से परिसूचक, ५ अर्ब ७४ करोडमाथिको कारोबार

काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक २३.२५ अंकले बढेर २१७५.४० बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २२ कम्पनीको १ करोड ५२ लाख ९६ हजार ७ सय ३९ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ७४ करोडमाथिको सेयर कारोबार भएको छ ।

बुधबार सबैभन्दा बढी कारोबार हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको भएको छ । यस कम्पनीको १५ करोड ८ लाख ९९ हजार ८ सय ५९ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ ।

आजको सेयर बजारमा सबैभन्दा बढी नाफा बलेफी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register