माछापुच्छ्रे बैंकको एटिएम तोडफोड गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोड गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट किस्पाङ गाउँपालिका १ घर भई हाल बुढानीलकण्ठ बस्दै आएका ३४ वर्षीय श्याम बहादुर घले र सोही ठाउँका १९ वर्षीय सुजन तामाङ रहेका छन् । उनीहरूले बुढानीलकण्ठ नगरपालिका ३ रुद्रेश्वर चोकस्थित माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोड गरेका थिए […]

Jul 10, 2024 - 10:56
 0
माछापुच्छ्रे बैंकको एटिएम तोडफोड गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोड गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट किस्पाङ गाउँपालिका १ घर भई हाल बुढानीलकण्ठ बस्दै आएका ३४ वर्षीय श्याम बहादुर घले र सोही ठाउँका १९ वर्षीय सुजन तामाङ रहेका छन् ।

उनीहरूले बुढानीलकण्ठ नगरपालिका ३ रुद्रेश्वर चोकस्थित माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोड गरेका थिए ।

त्यस्तै, प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनीहरूलाई एटिएम मेसिन तोडफोड गरेको आरोपमा बुधबार बिहान पक्राउ गरेको हो ।  प्रहरीका अनुसार घले र तामाङलाई एटिएम तोडफोड गरेर भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register