एटिएम मेसिन तोडफोडको अभियोगमा २ जना पक्राउ

काठमाण्डौं , २६ असार । माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोडको अभियोगमा दुईजना पक्राउ परेका छन्। प्रहरी वृत्त महाराजगन्जको टोलीले बुढानीलकण्ठ नगरपालिका– ३ रुद्रेश्वर चोकस्थित माछापुच्छ्रे बैँकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा नुवाकोट किस्पाङ गाउँपालिका– १ घर भई हाल बुढानीलकण्ठ बस्दै आएका ३४ वर्षीय श्यामबहादुर घले र सोही ठाउँका १९ वर्षीय सुजन तामाङलाई पक्राउ गरेको हो। [...] The post एटिएम मेसिन तोडफोडको अभियोगमा २ जना पक्राउ appeared first on Jhapa Online.

Jul 10, 2024 - 11:05
 0
एटिएम मेसिन तोडफोडको अभियोगमा २ जना पक्राउ

काठमाण्डौं , २६ असार । माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोडको अभियोगमा दुईजना पक्राउ परेका छन्।

प्रहरी वृत्त महाराजगन्जको टोलीले बुढानीलकण्ठ नगरपालिका– ३ रुद्रेश्वर चोकस्थित माछापुच्छ्रे बैँकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा नुवाकोट किस्पाङ गाउँपालिका– १ घर भई हाल बुढानीलकण्ठ बस्दै आएका ३४ वर्षीय श्यामबहादुर घले र सोही ठाउँका १९ वर्षीय सुजन तामाङलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले एटिएम तोडफोड गरेर भाग्दै गरेको अवस्थामा उनीहरूलाई आज बिहान पक्राउ गरिएको जानकारी दिए। रासस

The post एटिएम मेसिन तोडफोडको अभियोगमा २ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register