भारतको उत्तर प्रदेशमा बस दुर्घटना हुँदा १८ जनाको ज्यान गयो

एजेन्सीँ, २६ असार । भारतको उत्तर प्रदेशमा पर्ने उन्नावमा बस दुर्घटना हुँदा कम्तीमा १८ जनाको ज्यान गएको छ । आज बिहान आगरा–लखनऊ एक्सप्रेस वेमा यात्रुवाहक बस दुर्घटना भएको हो । बिहारको सीतामढीबाट दिल्ली गइरहेको बस दूध बोकेको ट्याङ्करसँग ठोक्किएको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा १४ जना पुरुष, ३ जना महिला र एक जना बालक [...] The post भारतको उत्तर प्रदेशमा बस दुर्घटना हुँदा १८ जनाको ज्यान गयो appeared first on Jhapa Online.

Jul 10, 2024 - 11:13
 0
भारतको उत्तर प्रदेशमा बस दुर्घटना हुँदा १८ जनाको ज्यान गयो

एजेन्सीँ, २६ असार । भारतको उत्तर प्रदेशमा पर्ने उन्नावमा बस दुर्घटना हुँदा कम्तीमा १८ जनाको ज्यान गएको छ । आज बिहान आगरा–लखनऊ एक्सप्रेस वेमा यात्रुवाहक बस दुर्घटना भएको हो ।

बिहारको सीतामढीबाट दिल्ली गइरहेको बस दूध बोकेको ट्याङ्करसँग ठोक्किएको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा १४ जना पुरुष, ३ जना महिला र एक जना बालक रहेका छन् । यस्तै दुर्घटनामा १९ जना घाइते भएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति समवेदना प्रकट गर्दै राष्ट्रिय राहत कोषबाट मृतकका परिवारलाई २ लाख रुपैयाँ सहयोग र घाइतेहरूलाई प्रतिव्यक्ति ५० हजार दिइने घोषणा गर्नुभएको छ ।

The post भारतको उत्तर प्रदेशमा बस दुर्घटना हुँदा १८ जनाको ज्यान गयो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register