रूसी अदालतद्वारा नाभाल्न्यालाई गिरफ्तारीको आदेश

काठमाडौं । मस्कोको एक अदालतले दिवंगत विपक्षी राजनीतिज्ञ अलेक्सी नाभाल्नीकी पत्नी युलिया नाभाल्न्यालाई उनी देशमा नरहेको समयमा पक्राउ आदेश दिएको उनका प्रवक्तालाई उद्धृत गर्दै सीएनएनले जानकारी दिएको छ । मस्कोको बासमनी जिल्ला अदालतले नाभाल्न्यालाई ‘चरमपन्थी सङ्ठनमा संलग्न भएको’ आरोप लगाएको प्रवक्ता किरा यर्मिसले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन् । नावाल्न्याको नाम पनि अन्तर्राष्ट्रिय ‘वाञ्छित सूची’मा […]

Jul 10, 2024 - 12:48
 0
रूसी अदालतद्वारा नाभाल्न्यालाई गिरफ्तारीको आदेश

काठमाडौं । मस्कोको एक अदालतले दिवंगत विपक्षी राजनीतिज्ञ अलेक्सी नाभाल्नीकी पत्नी युलिया नाभाल्न्यालाई उनी देशमा नरहेको समयमा पक्राउ आदेश दिएको उनका प्रवक्तालाई उद्धृत गर्दै सीएनएनले जानकारी दिएको छ ।

मस्कोको बासमनी जिल्ला अदालतले नाभाल्न्यालाई ‘चरमपन्थी सङ्ठनमा संलग्न भएको’ आरोप लगाएको प्रवक्ता किरा यर्मिसले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन् ।

नावाल्न्याको नाम पनि अन्तर्राष्ट्रिय ‘वाञ्छित सूची’मा समावेश गरिएको रूसी सञ्चारमाध्यम आरआईए नोभोस्तीलाई उदृत गर्दै सीएनएनले जनाएको छ ।

अदालतले नाभाल्न्यालाई थप हिरासतमा राख्न रूसको अनुसन्धान समितिको अनुरोधलाई अनुमति दिएको छ । विज्ञप्तीमा नजरबन्दको अवधि रूसी क्षेत्रमा सम्भावित उनको नजरबन्दबाट गणना गरिनेछ । यद्यपी नाभाल्न्या भने अहिले रूसभन्दा बाहिर बस्दै आएकी छन् ।

चरमपन्थी समुदायलाई उक्साएको, तथा वित्त पोषण गरेको विभिन्न अपराधमा दोषी ठहर गरेपछि १९ वर्षको सजाय भोगिरहेका नाभाल्नीको साइबेरियाको जेलमा गत फेब्रुअरी १६ मृत्यु भएको थियो ।

उनलाई पहिले नै अपराध र अन्य अभियोगमा अधिकतम सुरक्षा सुविधामा साढे ११ वर्षको सजाय भएको थियो । उनले भने आरोपहरू अस्वीकार गरेका थिए र यसलाई राजनीतिबाट प्रेरित पनि भनिएको थियो ।

उच्च–प्रोफाइलका रूसका विपक्षी नेता नाभाल्नीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गर्दै वर्षौँ बिताएका थिए । उनको मृत्यु मार्च १५ मा सुरु हुने रूसको राष्ट्रपतीय चुनावको केही हप्ता अघि भएको थियो । एएनआई

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register