लोकप्रिय बन्दै नेपाली पात्रो, प्लेस्टोरमा एक करोड पटक डाउनलोड

काठमाडौं। नेपाली पात्रोको मोबाइल एप गुगल प्लेस्टोरमा एक करोड पटक डाउनलोड भएको छ । नेपाली तिथी, मिति, पात्रो, चाडपर्व, नेपाली संस्कृति, वैदिक सनातन हिन्दु उत्सव र पर्वहरु, विभिन्न जातजाति, भाषाभाषिका धर्म, आस्था तथा संस्कृति लगायतका सम्पूर्ण विशेष दिवस, पर्व तथा जात्राहरूको तथ्यपूर्ण जानकारीले भरिएको नेपालको पहिलो डिजिटल पात्रो हो । साथै, नेपाली पात्रो गुगल प्ले […]

Jul 10, 2024 - 13:48
 0
लोकप्रिय बन्दै नेपाली पात्रो, प्लेस्टोरमा एक करोड पटक डाउनलोड

काठमाडौं। नेपाली पात्रोको मोबाइल एप गुगल प्लेस्टोरमा एक करोड पटक डाउनलोड भएको छ । नेपाली तिथी, मिति, पात्रो, चाडपर्व, नेपाली संस्कृति, वैदिक सनातन हिन्दु उत्सव र पर्वहरु, विभिन्न जातजाति, भाषाभाषिका धर्म, आस्था तथा संस्कृति लगायतका सम्पूर्ण विशेष दिवस, पर्व तथा जात्राहरूको तथ्यपूर्ण जानकारीले भरिएको नेपालको पहिलो डिजिटल पात्रो हो ।

साथै, नेपाली पात्रो गुगल प्ले स्टोरमा ४.३ स्टार रेटिङ्गसाथ लोकप्रिय भएको छ । नेपाली पात्रोमामा रेडियो, समाचार (यो गज्जब छ), वैदिक पात्रो, राशिफल, मूल्यसूची, ज्योतिष, राशिफल जस्ता आजको जीवनलाई आवश्यक पर्ने दर्जन बढी सुविधाहरु समावेश छन् ।

नेपालका चार सयभन्दा बढी लोकप्रिय रेडियोहरूबाट सूचना, जानकारीमूलक तथा मनोरंजनात्मक सामग्री सुन्न सकिने नेपाली पात्रोका आशिष कार्की जानकारी दिए ।

विनिमयदर, सुनचाँदीको मूल्यसूची, तरकारीको बजार भाउ आदि जस्ता दैनिक आवश्यकताका फिचरका कारण एपमा सक्रिय प्रयोगकर्ताको संख्या पनि उल्लेख्य छ । दैनिक १० लाख बढी सक्रिय प्रयोगकर्ता रहेको एपमा मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ करोड माथि रहेको छ ।

नेपाली पात्रोमा देशका प्रमुख १५० भन्दा बढी अनलाइन न्युज पोर्टल र ३५० भन्दा बढी रेडियो समेत जोडिएका छन् । नेपाली पात्रो नेपालको सबभन्दा धेरै संचार नेटवर्क भएको नेपाली एप्लिकेसन हो ।

हालै सर्वाधिक लोकप्रिय केवल डिस्ट्रिब्यूसन नेटवर्कट नेट टिभीमा पनि नेपाली पात्रोमा उपलब्ध रेडियो सुन्न मिल्ने सुविधा सार्वजनिक गरिसकेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register