सामसङ इनोभेसन क्याम्पसका विद्यार्थीहरूलाई फ्युचर–टेक कोर्सहरूमा तालिमको प्रमाणपत्र प्रदान

काठमाडौं । सामसङले आफ्नो प्रमुख सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसका तेस्रो ब्याचको कोडिङ एण्ड प्रोग्रामिङ पूरा गरेकोमा त्रिभुवन विश्वविद्यालय विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरेको छ । कम्पनीले त्रिविको इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसका ५३ जना विद्यार्थीलाई प्रमाणपत्र दिएको हो । ५३ जना विद्यार्थीहरूलाई कोर्स उत्तीर्ण गरेको प्रमाणपत्र त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङमा आयोजित समारोहमा प्रदान गरिएको […]

Jul 10, 2024 - 14:12
 0
सामसङ इनोभेसन क्याम्पसका विद्यार्थीहरूलाई फ्युचर–टेक कोर्सहरूमा तालिमको प्रमाणपत्र प्रदान

काठमाडौं । सामसङले आफ्नो प्रमुख सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसका तेस्रो ब्याचको कोडिङ एण्ड प्रोग्रामिङ पूरा गरेकोमा त्रिभुवन विश्वविद्यालय विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरेको छ । कम्पनीले त्रिविको इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसका ५३ जना विद्यार्थीलाई प्रमाणपत्र दिएको हो ।

५३ जना विद्यार्थीहरूलाई कोर्स उत्तीर्ण गरेको प्रमाणपत्र त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङमा आयोजित समारोहमा प्रदान गरिएको थियो । जसमा सामसङ नेपाल कार्यालयका प्रमुख, इन सु किम र त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा। डीन डा। शशिधर राम जोशी, साथै सहायक डीन विनोद कुमार भट्टराई/सहायक डीन सुरज लामिछाने र पुल्चोक क्याम्पसका क्याम्पस प्रमुख डा।इन्द्र प्रसाद आचार्यले उपस्थिति जनाएका थिए ।

सामसङले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसमा आफ्नो ग्लोबल सीएसआर कार्यक्रम, सामसङ इनोभेसन क्याम्पसको उद्घाटन सन् २०२३ को डिसेम्बरमा गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register