बालुवाटारमा समाजवादी मोर्चा पुनर्गठनबारे छलफल

काठमाडौं । समाजवादी मोर्चा पुनर्गठनबारे नेताहरुबीच छलफल भएको छ  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरूबिच मोर्चा पुनर्गठनबारे प्रारम्भिक छलफल भएको हो । बुधबार साँझ भएको  छलफलमा पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्रीले ब्रिफिङ गरेको र […]

Jul 10, 2024 - 15:44
 0
बालुवाटारमा समाजवादी मोर्चा पुनर्गठनबारे छलफल

काठमाडौं । समाजवादी मोर्चा पुनर्गठनबारे नेताहरुबीच छलफल भएको छ  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरूबिच मोर्चा पुनर्गठनबारे प्रारम्भिक छलफल भएको हो ।

बुधबार साँझ भएको  छलफलमा पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्रीले ब्रिफिङ गरेको र अन्य नेताहरूले आफ्ना धारणा राखेको प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

बैठकमा पछिल्लो  राजनीतिक घटनाक्रमका बारेमा प्रधानमन्त्रीले ब्रिफिङ गरेपछि अन्य नेताहरूले पनि धारणा राखेको उनले बताए  ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register