रामबहादुर बम्जनलाई नुवाकोट ल्याइयो

नुवाकोट । आफूलाई  ‘तपस्वी’ दाबी गर्ने  रामबहादुर बम्जनलाई नुवाकोट ल्याइएको छ। बम्जनलाई नुवाकोट जिल्ला कारागारमा राखिएको छ। उनलाई बुधबार दिनभर विदुरस्थित सरकारी वकिलको कार्यालयमा उपस्थित गराई सरकारी अधिकारीमार्फत बयान लिइएको बताइएको छ । उनलाई नुवाकोटकी एक महिलालाई आश्रमबाटै बेपत्ता बनाएको उजुरी परेपछि त्यसको बयानका लागि सर्लाही हुदै नुवाकोट ल्याइएको प्रहरीले जनाएको छ । बम्जनले भने […]

Jul 10, 2024 - 16:20
 0
रामबहादुर बम्जनलाई नुवाकोट ल्याइयो

नुवाकोट । आफूलाई  ‘तपस्वी’ दाबी गर्ने  रामबहादुर बम्जनलाई नुवाकोट ल्याइएको छ। बम्जनलाई नुवाकोट जिल्ला कारागारमा राखिएको छ। उनलाई बुधबार दिनभर विदुरस्थित सरकारी वकिलको कार्यालयमा उपस्थित गराई सरकारी अधिकारीमार्फत बयान लिइएको बताइएको छ ।

उनलाई नुवाकोटकी एक महिलालाई आश्रमबाटै बेपत्ता बनाएको उजुरी परेपछि त्यसको बयानका लागि सर्लाही हुदै नुवाकोट ल्याइएको प्रहरीले जनाएको छ । बम्जनले भने उनीमाथि परेको उजुरीको इन्कारी वयान दिएको बताइएको छ ।

बाल यौन दुराचार मुद्दामा दोषी ठहर भएका बम्जनलाई सर्लाही जिल्ला अदालतले १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register