बुढानीलकण्ठमा देउवा र ओलीबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । बुधबार साँझ देउवा निवास बुढानीलकण्ठमा उनीहरूबिच भएको  भेटवार्तामा भावी रणनीति तय गर्नेबारे छलफल भएको बताइएको छ । दुई घण्टा लामो छलफलमा अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउने विषयमा छलफल भएको एमालेका एक नेताले जानकारी दिए । ति […]

Jul 10, 2024 - 16:40
 0
बुढानीलकण्ठमा देउवा र ओलीबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

बुधबार साँझ देउवा निवास बुढानीलकण्ठमा उनीहरूबिच भएको  भेटवार्तामा भावी रणनीति तय गर्नेबारे छलफल भएको बताइएको छ ।

दुई घण्टा लामो छलफलमा अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउने विषयमा छलफल भएको एमालेका एक नेताले जानकारी दिए ।

ति नेताका अनुसार ओली नेतृत्वको सरकार गठनका लागी  सांसदहरूको हस्ताक्षर, मन्त्रिपरिषद्को गठन, सरकारमा सहभागी हुन चाहने अन्य राजनीतिक दललाई सहभागी गराउने विषयमा छलफल भएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register