अवैध रुपमा लगिँदै गरेको ३२ लाखको काठ बरामद

झापा, २७ असार । सुनसरीको धरानबाट प्रहरीले करिब ३२ लाख बराबरको अवैध खयरको काठ नियन्त्रणमा लिइएको छ । चारवटा ट्रकसहित अवैधरूपमा लगिँदै गरेको खयरको काठ प्रहरीले नियन्त्रणमा लिएको हो । रामेछापबाट सुनसरीको धरानस्थित सूर्य कत्था उद्योगका नाममा लगिँदै गरेको काठ नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको धरान सबडिभिजन वन कार्यालय प्रमुख धर्मनाथ यादवले जानकारी दिनुभयो । रामेछापबाट [...] The post अवैध रुपमा लगिँदै गरेको ३२ लाखको काठ बरामद appeared first on Jhapa Online.

Jul 11, 2024 - 02:57
 0
अवैध रुपमा लगिँदै गरेको ३२ लाखको काठ बरामद

झापा, २७ असार । सुनसरीको धरानबाट प्रहरीले करिब ३२ लाख बराबरको अवैध खयरको काठ नियन्त्रणमा लिइएको छ ।

चारवटा ट्रकसहित अवैधरूपमा लगिँदै गरेको खयरको काठ प्रहरीले नियन्त्रणमा लिएको हो । रामेछापबाट सुनसरीको धरानस्थित सूर्य कत्था उद्योगका नाममा लगिँदै गरेको काठ नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको धरान सबडिभिजन वन कार्यालय प्रमुख धर्मनाथ यादवले जानकारी दिनुभयो ।

रामेछापबाट बा प्र ०१००६ ख २१११, बा प्र ०१००६ ख ३३४९, म प्र ०३००२ ख ००९५ र क प ०२००१ ख ०४१९ नम्बरको ट्रकमा लगिँदै गरेको काठमा कैफियत देखिएपछि प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको निर्देशन र प्रहरीसँगको समन्वयमा नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।

करिब रु ३२ लाख मूल्य बराबरको नौ सय ८९ दशमलव ३२ किबी खयरको काठबारे डिभिजन वन कार्यालय रामेछापले नै शङ्का व्यक्त गरेपछि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको कार्यालय प्रमुख यादवले बताउनुभयो ।

“नियन्त्रणमा लिइएको काठ धरानको तीनकुनेमा जाँच गर्ने क्रममा बाटोमै सिल खोलिएको पाइएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौँ । जिल्ला प्रशासन र प्रहरीको रोहबरमा अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी तिवारीले ट्रकमा अवैध काठ भित्रिएको सूचना पाएपछि वन कार्यालय तथा प्रहरी परिचालन गरी नियन्त्रणमा लिइएको र हाल सुरक्षा अधिकारीहरूले थप अनुसन्धान गरिरहेका जानकारी दिनुभयो ।

The post अवैध रुपमा लगिँदै गरेको ३२ लाखको काठ बरामद appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register