ट्रकले स्कुटरलाई ठक्कर दिँदा दाजुको मृत्यु, बहिनी गम्भीर घाइते

झापा, २७ असार । पाल्पाको तिनाउ नगरपालिकामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । बुधबार साँझ तिनाउ–३ दोभानमा लु २ ख ५३७३ नम्बरको ट्रकले लु ८६ प ६५१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ डिङ्गानगरका २१ वर्षीय विवेक अधिकारीको मृत्यु भएको हो । स्कुटरको [...] The post ट्रकले स्कुटरलाई ठक्कर दिँदा दाजुको मृत्यु, बहिनी गम्भीर घाइते appeared first on Jhapa Online.

Jul 11, 2024 - 03:01
 0
ट्रकले स्कुटरलाई ठक्कर दिँदा दाजुको मृत्यु, बहिनी गम्भीर घाइते

झापा, २७ असार । पाल्पाको तिनाउ नगरपालिकामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

बुधबार साँझ तिनाउ–३ दोभानमा लु २ ख ५३७३ नम्बरको ट्रकले लु ८६ प ६५१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ डिङ्गानगरका २१ वर्षीय विवेक अधिकारीको मृत्यु भएको हो । स्कुटरको पछाडि सवार उनकीकी बहिनी १७ वर्षीया रश्मी अधिकारी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु ८६ प ६५१ नम्बरको स्कुटरले सोही दिशातर्फ आइरहेको लु २ ख ५३७३ नम्बरको ट्रकलाई उछिन्ने क्रममा ठक्कर खादा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए। विवेकको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाकार क्रममा मृत्यु भएको छ भने चिन्ताजनक अवस्थामा रहेकी घाइते रश्मीको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले ट्रकका चालककलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ।

The post ट्रकले स्कुटरलाई ठक्कर दिँदा दाजुको मृत्यु, बहिनी गम्भीर घाइते appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register