Metro FM 94.6 MHz. को  कार्यक्रम पाका कुरामा ९३ वर्षीय कीर्तन कृष्ण  भट्टराई  ।

Metro FM 94.6 MHz. को  कार्यक्रम पाका कुरामा ९३ वर्षीय कीर्तन कृष्ण  भट्टराई  ।
: :

Metro FM 94.6 MHz. को  कार्यक्रम पाका कुरामा ९३ वर्षीय कीर्तन कृष्ण  भट्टराई  ।

फागुन २७,काठमाडौं । काठमाडौं महानगरपालिकाद्धारा संचालित दक्षिण एशियामै स्थानीय निकायद्धारा संचालित पहिलो सामुदायिक रेडियो मेट्रो एफ.एम.९४.६ मेगाहर्जमा जेष्ठ नागरिक सम्बन्धी कार्यक्रम पाका कुरामा आज काठमाडौं महानगरपालिका वडा नं ४ का ९३ वर्षीय  जेष्ठ नागरिक तथा समाज सेवी कीर्तन कृष्ण भट्टराई अतिथीको रुपमा रहनु भएको छ । उहाँ यस वडामा सवेभन्दा पाको उमेरका व्यक्ति मध्ये एक पर्नु हुन्छ । अहिलको यस उमरेमा पनि उहाँ यस वडामा हुने  कार्यक्रममा समय अनुकुल हेरी  सहभागी हँदै आउनु भएको छ । 
हाम्रो  यस कार्यक्रमको उदेश्य  जेष्ठ नागरिकहरुको  बाल्यकाल, शिक्षा,सरकारी सेवा, जागिर सामाजिक कार्य ,विगतको पेशा , वैवाहिक जीवन , उहाँहरुले विभिन्न पेशमा अंगालेको अनुभव,   लगायत वर्तमान समयमा उँहाहरुले भोगेका  सुःख दुःख बारे पनि श्रोता समक्ष ल्याउने र यसको संदेश आजका भावी युवा युवतीबिच पुन्याउने रहेको छ । 


 काठमाडौं महानगरपािलका वडा नं ४ , कीर्तनचोक  निवासी  कीर्तनकृष्ण भट्टराईको  जन्म वि.स. १९८६ साउन १५ गते हाल काठमाडौं महानगरपािलका वडा नं ४ को गोमा गणेश पेट्रोल पम्प रहेको त्यतिखेर तल्लो बालुवाटार नामले परिचित ठाउँमा भएको हो । 
वि.स.१९९७ साल माघ १० गते देखि १५ गते सम्म तत्कालीन जुद्ध शम्शेरको सरकारले चारजना शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई मृत्युदण्ड दिइएको थियो । वि.स.१९९७ साल माघ १० गते शुक्रराज शास्त्रीलाई टेकु पचलीमा झुण्डाएर मृत्युदण्ड दिए पछि माघ १३ गते काठमाडौंको सिफलको उकोलामा बकैनाको रुखमा तत्कालीन राजा त्रिभुवनका व्यायाम शिक्षक धर्मभक्त माथेमालाई राणा सरकारले झुण्डाएर मृत्युदण्ड दिएको थियो । त्यो हmदय बिदारक दृश्य हेर्न त्यतिखेर आफना टोलका मानिसहरु जाँदा आफु त्यतिखेर ११ वर्षीय  बालक कीर्तनकृष्ण पनि जानु भएको थियो रे । उहाँले त्यो ठाउँलाई सेना र पुलिसले घेरि रहेको देख्नु भएछ । त्यो घटना देखे पछि उँहाको बाल मस्तिषकमा राणा शासनपट्टि त्यतिखेर देखिनै बितृष्णा जागेको उहाँ बताउनु हुन्छ । 
 आफु २१ वर्षको हँुदा २००७ सालमा उहाँ राणा शासन बिरुद्धको आन्दोलनमा सहभागी भएको र राजा त्रिभुवन भारतको दिल्लीबाट भारतका ततकालीन प्रधानमन्त्री जवाहरलाल नेहरुसंग ऐतिहासिक दिल्ली सम्झौता गरि  काठमाडौं फर्किए पछि उहाँलाई स्वागत गर्न काठमाडौंमा जनता ओर्लेको समयमा आफु पनि राजा त्रिभुवनलाई हेर्न गौचरण हवाई अडडा पुगेको स्मरण गर्नु हुन्छ ।
सरकारी जागिरको क्रममा कीर्तन कृष्ण भट्टराई २०१३ सालमा नेपालमा विशेष अदालत शुरु भए पछि शुरुवातमा बैद्यारको रुपमा आफनो सेवा शुरु गर्नु भएको थियो । पछि बढुवा हँुदै नायब सुब्बाको पद खुल्दा आफुले हाकिमको चाकडी गर्न नसक्दा अन्यायमा परि सुब्बामा बढुवा नभए  पछि उहाँले सरकारी जागिर छोठनु भएको थियो । उहाँले जम्मा दश वर्ष जति विशेष अदालतमा सेवा गर्नु भएको थियो ।  जागिरबाट सेवा निबृत्त भए पछि अहिलेको उमेरसम्म ँ अनवरत रुपमा सामाजिक काममा सक्रिय रहंदै आउनु भएको छ । 
 तीनजना दाजु भाइमध्ये कीर्तन कृष्ण भट्टराई जेठो हुन । भट्टराईका परिवारमा दुइजना छोरा तीन छोरी, १३ जना नाति नातिना  र ८ जना पनाति रहेको छन । भट्टराईका कान्छा छोरा डा० डम्बर भट्टराई भक्तपुरको टिबी अस्पतालमा डाक्टर पेशामा कार्यरत छन भने एकजना नाति डा० गौरव भट्टराई पाटन अस्पतालमा मानसिक विभागमा कार्यरत रहेको छन । हाल भट्टराई सवैजना भाइहरु, छोारहरु बालुवाटारको कीर्तन चौकमै बसोवास गर्नु हुन्छ ।उहाँले टँुडालदेवी मन्दिरको ओरोले देखि चाइनिज दूतावास जाने बाटोको निर्माणमा आफनौ झण्डै दुइ रोपनी जग्गा दिनु भएको छ । यसैगरी एम्बेसी जाने इच्छुनदी मार्गको बाटोको दुवै पट्टि कीर्तन कृष्ण भट्टराईले आफनो पहलमा धुपी रोप्नु भएको छ । यसैगरी उहाँले बर्खाको समयमा पानीले ढल जाम हँुदा आफनै पहलमा ढल सफा पनि गर्नु भएको थियो ।उहाँको सामाजिक कामको प्रशंसा गरेर बालुवाटारको उपभोक्ता समितिले उहाँको निवासको  टोललाई कीर्तन कृष्ण चौकको नामले नामाकरण समेत गरेको छ ।