भारतीय माछा दिनहुँ भित्रिँदै

झापामा भारतबाट अवैध रुपमा माछा भित्रिने गरेको पाइएको छ । झापामा प्रशस्त माछा उत्पादन हुने गरे पनि भन्सार छलेर अवैध रुपमा भारतबाट दिनहुँ जसो झापाका विभिन्न नाकाबाट माछा भित्रिने गरेको पाइएको हो ।

Mar 17, 2022 - 06:02
 0
भारतीय माछा दिनहुँ भित्रिँदै

विशेष गरी काँकरभिट्टा, भद्रपुर, टाघनडुब्बा, सतीगट्टा, गौरीगञ्जलगायतका नाका हुँदै भारतबाट अवैधरुपमा माछा भित्रिने गरेको छ । पछिल्लो समय भारतबाट नेपाल भित्र्याइएको माछा सशस्त्र प्रहरी वेस शनिश्चरेले बरामद गर्दै नष्ट गरेको छ । बिर्तामोड–१ मेघावारीबाट सशस्त्र प्रहरीले अवैध रुपमा ल्याइएको माछा बरामद गर्दै नष्ट गरेको हो ।

नेपाल भित्रिने माछा प्लान्ट क्वारेन्टाइनमा परीक्षणपछि मात्र भित्र्याउनुपर्ने प्रावधान छ । भित्र्याइएको माछा खानयोग्य भए नभएको प्रमाणपछि मात्र बिक्री वितरण गरिनुपर्ने भए पनि झोले व्यापारीले खुलेआम रुपमा माछा भित्र्याउँदै आएका छन् ।

कतिपय माछा व्यवसायीले अवैधरुपमा भित्रिने गरेको माछा रोक्न माग गर्दै आए पनि अधिकांश नाकाबाट खुलेआम रुपमा माछा भित्रिने गरेको छ । अवैधरुपमा भित्रिएका माछाका कारण बजार समेत प्रभावित हुने गरेको माछा व्यवसायीहरुको भनाइ छ ।

भन्सार गरेर ल्याइएको माछा महंगो मूल्यमा बेच्नुपर्ने हाम्रो बाध्यता छ– बिर्तामोडका माछा व्यवसायी संघमा आबद्ध एक व्यवसायी भन्छन्– परीक्षण बिना र भन्सार नगरी ल्याइएको माछाले यहाँको बजार बिगारेको छ । यस्ता माछा रोक्न प्रशासन सक्रिय रुपमा लाग्नुपर्छ ।

सशस्त्र प्रहरी बल वेसका अमरबहादुर भुजेलको नेतृत्वमा गएको सशस्त्र प्रहरीको टोलीले माछा बरामद गरेको र पशु क्वारेन्टाइन कार्यालयका प्रतिनिधि, प्रहरी, स्थानीय जनप्रतिनिधि, पत्रकारको रोहवरमा नष्ट गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Anish Pokhrel म हराएको मान्छे, कृपयाँ मलाई खोज्ने प्रयास नगर्नु होला। तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register