Hamro Global Media & : कथा https://hamroglobalmedia.com/rss/category/nepali-stories Hamro Global Media & : कथा en Copyright 2022&2024 Hamro Global Media & All Rights Reserved. हाम्रो होली https://hamroglobalmedia.com/Holi-Story https://hamroglobalmedia.com/Holi-Story होली       राधिका दाहाल 
   
 आज होलीको दिन । अमर र उसका साथीहरु ज्यादै रमाई रहेका छन् । उनिहरुले अस्तिदेखि नै होली खेल्ने योजना बनाएका थिए । उनिहरु आज बिहान सधैँभन्दा छिट्टै उठेर आआफ्ना आमासँग पैसा मागेर रड.्ग , लोला र पिचकारी किन्न पसल गए । सबै जना जम्मा भएर अमरको आमाले दिनुभएको लड्डु खाए । घरमा सबैभन्दा पहिला अमरकी हजुरआमाले सबैलाई रातो टीका लगाइदिँदै “ सत्य र न्यायको बाटोमा सदा लागिरहनु” भनेर आशीर्वाद दिनुभयो । त्यसपछि उनिहरुले लोला भरे अनि खाना खाएर होली खेल्न थाले । उनिहरु रड.्ग , लोला पिचकारी र मिठाई लिएर होली खेल्न गए ।
  होली खेलिसकेर मिठाई खाने है भनेर सबैजनाले मिठाई एकै ठाउँमा राखे ।  एकछिन होली खेलेर उनिहरु मिठाई खान आउँदा त रमेशले अघि नै सबै मिठाई खाएर अन्तै गएछ । अमर र उसका साथीहरु मिलेर रमेशलाई खोज्न थाले । त्यही बेला ठूलादाईहरु हेली खेल्दै बाजा बजाउँदै उनिहरु भए ठाउँमा आईपुगे । फेरि अमरहरुले नाच्दै गाउँदै रमाईलो गरे । अनि दाईहरुले पनि उनिहरुलाई लोला , रड.्ग दिनुभयो । आजको दिन सारै रमाईलो भयो हकि भन्दै साँझ पर्न लागेपछि उनिहरु गीत गाउँदै घर फर्कदै थिए । 
   त्यहि बेला रमेश उनिहरुलाई देखेर भाग्यो । उ भाग्दा भाग्दै फर्निचर बनाएको ठाउँतिर दगुर्यो । त्यहाँ  ससाना फलामका कीलाहरु रहेछन् । उसको एउटा खुट्टामा कीलाले घोच्यो । रमेशलाई धेरै दुख्यो र उ रुन थाल्यो । उ हिँड्न पनि सकेन । उसको यस्तो हालत देखेर केही साथीहरुले भने “ यसलाई ठिक पर्यो , सबैले बाँढेर खाने भनेर राखेको मिठाई किन चोरेर खानुपथ्र्यो त ? “यसलाई यहिँ   छाडिदिऊँ बसोस न रोएर ।” कसैले भने, “यसलाई माफी मगाउनुपर्दछ ।” अमरले विहान हजुरआमाले दिएको आर्शीवाद सम्झियो , स्कुलमा पढाएको कुरा सम्झियो । आपद्विपदमा परेका सबैलाई सहयोग गर्नु पर्दछ । अनि सबै साथीहरुलाई सम्झायो, “ ठिक छ, यसलाई हामीले माफी मगाउनु पर्दछ । अबदेखि कहिल्यै पनि फट्याइँ नगर्ने बाचा गराउनु पर्दछ तर अहिले यसलाई अस्पताल लैजाऔँ ” १ 
    अनि सबै मिलेर रमेशलाई नजिकैको क्लिनिकमा लगे । डा.अड.कलले उसको खुट्टामा बिझेको कीला निकालेर दबाई लगाईदिनुभयो । साथै उसलाई टिटानसको सुई लगाईदिनुभयो । उनिहरुले डा. अड.्कललाई धेरैधेरै धन्यवाद दिए । “ साथीलाई यस्तो आपद् पर्दा उसलाई सारै सहयोग गरेछौ, तिमीहरु सबै ज्ञानी रहेछौ । यसरी नै सहयागी बन्नु पर्दछ है ।”  तिमीहरुलाई होलीको उपहार भनेर भन्दै डा. अंकलले सबैलाई कलम दिनुभयो । उनिहरु सबै खुसीले नाचे , सबैजना मिलेर रमेशलाई उसको घरमा पुर्याइदिए । रमेश लाजले भुतुक्क भयो । “ अबदेखि कहिल्यै पनि यस्तो गलत काम गर्दिनँ । मलाई माफ गरिदेऊ साथी हो ।” रमेशकी आमाले सबैलाई मिठाई दिनुभयो, सबै साथीहरु ह्यापी होली भन्दै आआफ्ना घर फर्किए ।

]]>
Wed, 16 Mar 2022 10:04:43 +0000 Radhika
हाम्रो समाज कता जादै छ ? https://hamroglobalmedia.com/where-is-our-society-heading https://hamroglobalmedia.com/where-is-our-society-heading अफ्रिकाका एक मानवशास्त्रीले गरिब जनजातिका सदस्यहरूसँग एउटा खेल खेले।

उनले रूखको छेउमा फलफूलको टोकरी राखे र तिनीहरूलाई भने:
"रुखमा पुग्ने पहिलो व्यक्तिले टोकरीमा सबै फलहरू पाउनेछ।"

जब उनले प्रतियोगिताको लागि सुरुवात संकेत दिए:

सबै प्रतियोगीहरू हात समातेर सँगै हिँडिरहेको देखेर उनी छक्क परे।

सबै मिलेर रुखमा पुगे र फलफूल बाँडे ।

मानवशास्त्रीले तिनीहरूलाई सोधे किन तिनीहरूले त्यसो गरे, जब तिनीहरूमध्ये कसैले आफ्नो लागि सम्पूर्ण टोकरी जित्न सक्थे।

तिनीहरूले जवाफ दिए: "उबुन्टु"... जसको अर्थ हो

हामी मध्ये एक कसरी खुसी हुन सक्छ,
जबकि बाँकी दुखी छन्?

"Ubuntu" को मूल दर्शन हो:

"म यहाँ छु किनभने हामी यहाँ छौं।"

ती आदिवासीहरूले खुशीको यो सरल रहस्य जान्दथे-
जुन हाम्रो तथाकथित आधुनिक / सभ्य समाजमा हराएको छ।

हाम्रो समाज कता जादै छ ? कथाबाट हामीले के सिक्न सक्छौं?

सनातनी जराहरूमा फर्कौं : जहाँ समाजका प्रत्येक वर्ग सन्तुष्ट थिए र तिनीहरूको एउटै लक्ष्य भौतिक संसारबाट मुक्त हुनु थियो।

]]>
Wed, 09 Feb 2022 21:13:06 +0000 Yubaraj