बच्चाको सुत्ने अवस्थाबाट उसको स्वभाव जान्न सकिन्छ

बच्चाको सुत्ने अवस्थाबाट उसको स्वभाव जान्न सकिन्छ :
हर बच्चा आफना आमा बुवाको आँखाको प्यारो हुन्छन । यही कारण आफना बालवालिकाको हरेक गतिविधि प्रति बुवा आमाको ध्यान हुन्छ । यदि तपाइहर्रु पनि आफना बच्चाको स्वभाव कस्तो छ भने लाग्छ भने त्यसलाई बुझन उसको सुत्ने अवस्थालाई गहिरो ढंगले अध्ययन गरे हुन्छ । किनकि उसको स्लीपिङ्ग पोजिसनलेनै उसको स्वभावको पत्ता लगाउन सकिन्छ ।
पेटको बलमा सुत्ने बच्चा :
जो बच्चा धेरै समय आफनो पेटलाई थिचेर सुत्ने गर्दछन, त्यस्ता बालवालिका संतुलित स्वभावका हुन्छन ।तर यस्ता बच्चा केही शंकालु विचारका पनि हुन्छन ।उनीहरुको आफनो सीमा हुन्छ । उनीहरु दोस्रो व्यक्तिको सल्लाह र सुझाव सुन्न मन पराउँदैनन । यस्ता बच्चाहरु नियमका पक्का हुन्छन र छिटटै कसैसंग मिल्न सक्दैनन तर पनि उनका साथीहरु धेरै हुन्छन र उनीहरु आफना साथीहरुमा लोकप्रिय हुन्छन ।
कोल्टो परेर सुत्ने बच्चा :
जो बच्चा कोल्टो परेर सुत्दछ र जसको घुँडा सिधा हुन्छ त्यस्ता बच्चामा गजबको आत्म विश्वास हुन्छ । जसको कारण सफलताले उनीहरुको शिखर चुम्छ ।यस्ता बच्चाहरु मेहनति र आफना काम प्रति समर्पित हुन्छन ।यदि तपाईको बच्चाले दाहिने हातलाई टाउको तल राखेर दाहिने कोल्टो परेर सुत्यो भने उसको भाग्य प्रबल हुन्छ ।
पेटलाई घुँडाभित्र पारेर सुत्ने बच्चा :
जुन बच्चाले आफनो घुँडालाई पेटमा घुसारेर सुत्ने गर्दछन यिनीहरु अति भावुक हुन्छन । यिनीहरुमा असुरक्षाको भावना हुन्छ ।सानो सानो कुराले यिनीहरुलाई दुखी बनाउँछ । यस्ता बच्चाले आफनो जरुरी चिजलाई बढी महत्व दिन्छन । यस्ता बच्चा अलिक स्वार्थी पनि हुन्छन ।
एक खुटटा मोडेर सुत्ने बच्चा :
जो बच्चा कोल्टो परेर खुटटा मोडेर अक्रो खुटटा सिधा पारेर सुत्ने गर्दछन ।यस्ता बच्चा बुद्धिमान हुन्छन । कम बोल्छन र भावुकता यिनलाई मन पर्दैन । यस्ता बच्चाले मनको सटटा दिमागबाट फैसला लिने गर्दछन ।
घुँडालाई हल्का मोडेर सुत्ने बच्चा :
जे बच्चा आफनो घँुडालाई मोडेर सुत्दछन यस्ता बच्चा मनका सच्चा र अरुलाई मायाँ गर्ने खालका हुन्छन ।यस्ता बच्चा स्वभावबाट भावुक, नम्र र शान्त स्वभावका हुन्छन र यस्ता बच्चा मनका पक्का हुन्छन ।
हातलाई टाउको तल पारेर सुत्ने बच्चा :
क्यस्ता बच्चाको स्वभाव धेरै मित्रवत हुन्छ । यस्ता बच्चाले आफनो स्वभावसंग मिल्ने व्यक्तिलाई मन पराउँदछन । तर अरुलाई माँया गर्ने विषयमा यिनीहरु अलिक कन्जुस हुन्छन ।
खुटटालाई क्रस गरेर सुत्ने बच्चा :
जो बच्चा खुटटालाई क्रस गरेर सिधा सुत्दछन, यस्ता बच्चा स्वभावले घमण्डी र धुनका पक्का हुन्छन । यस्ता बच्चा संधै अतीतमा हराउने खालका हुन्छन । त्यसैेले यिनीहरु एक्ले बस्न मन पराउन्दछन ।
हात र खुटटालाई फैलाएर सुत्ने बच्चा:
जो बच्चा हात र खुटटालाई फिजाएर सिधा सुत्ने गर्दछन यस्ता बच्चा स्वतन्त्र बिचारका हुन्छन । यिनीहरु कसैको बनधनमा रहन मन पराउँदैनन । आफनो स्वतन्त्रता यिनीहरुलाई धेरै पर्दछ । यस्ता बच्चालाई ऐश र आराम बढी मन पर्दछ र यिनीहरु फिजुल खर्ची पनि हुन्छन ।
-किशोर सेढाई
मेरा अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।
Source: www.himalani.com/news
Photo source: istockphoto.com,dreamstime.com,depositphotos.com,medicalnewstoday.com