संस्कृति संरक्षणमा क्रियाशील दुई युवाको सम्मान

 ललितपुर।  संस्कृति संरक्षण र प्रवर्द्धनमा क्रियाशील ललितपुरका दुई युवालाई राेट्रयाक्ट क्लब अफ ललितपुरले सम्मान गरेको छ ।  नेपाल संवत् ११४५ काे अवसर पारेर पाटन दरबार क्षेत्रमा आयोजित  एक समाराेहका बीच साम्राज्यदेव श्रेष्ठ र सुप्रिन्स शाक्यलाई सम्मान गरिएकाे हाे  ।  संस्कृति संरक्षण र प्रवर्द्धनका लागि युवा नारा राखेर उनीहरूलाई सम्मान गरिएकाे क्लबका अध्यक्ष शाेभना शाक्यले जानकारी […]

Nov 3, 2024 - 03:02
 0
संस्कृति संरक्षणमा क्रियाशील दुई युवाको सम्मान

 ललितपुर। 

संस्कृति संरक्षण र प्रवर्द्धनमा क्रियाशील ललितपुरका दुई युवालाई राेट्रयाक्ट क्लब अफ ललितपुरले सम्मान गरेको छ ।

 नेपाल संवत् ११४५ काे अवसर पारेर पाटन दरबार क्षेत्रमा आयोजित  एक समाराेहका बीच साम्राज्यदेव श्रेष्ठ र सुप्रिन्स शाक्यलाई सम्मान गरिएकाे हाे  । 

संस्कृति संरक्षण र प्रवर्द्धनका लागि युवा नारा राखेर उनीहरूलाई सम्मान गरिएकाे क्लबका अध्यक्ष शाेभना शाक्यले जानकारी दिईन् । साे अवसरमा ललितपुर महानगरपालिकाका कार्यवाहक मेयर मञ्जरी शाक्यले दाेसल्ला अाेढाई सम्मानपत्र प्रदान गरिन् ।

श्रेष्ठ लिच्छविकाल राजा मानदेवले स्थापना गरेको सांस्कृतिक धराेहरका रूपमा रहेकाे मानमानेश्वरी भवानीकाे खड्गजात्रासंग सम्बन्धित मूछें अागंछेका मुख्य गुठीयार हुन्। याे जात्रा दशै समयमा हुने गर्दछ।२४ वर्षदेखि राेकिएकाे याे परम्परा विगत ७ वर्षदेखि निरन्तर सञ्चालन भईरहेकाे छ । याे जात्रा सञ्चालनमा श्रेष्ठ र उनकाे परिवारकाे याेगदान समेत सम्मानपत्रमा उल्लेख गरिएकाे छ ।

त्यस्तै शाक्य विगत अाठ वर्षदेखि अष्टमातृका नाचमा देवगण भूमिका निर्वाह गर्दै अाएका छन् भने कार्तिक नाचमा सक्रिय रहेका छन् ।  सांस्कृतिक क्षेत्रमा किशाेरकिशाेरी र युवापुस्तामाझ लाेकप्रिय शाक्य सामाजिक सञ्जालकाे अधिकत्तम प्रयाेग मार्फत  उपत्यका विभिन्न जात्रा, पर्वकाे प्रवर्द्धन र प्रचारप्रसारमा सक्रिय छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register