भाद्र कृष्ण पक्ष कुशे औंसीको उपलक्षमा जेष्ठ नागरिकहरुलाई सम्मान ।

Sep 3, 2024 - 03:21
 0
भाद्र कृष्ण पक्ष कुशे औंसीको उपलक्षमा जेष्ठ नागरिकहरुलाई सम्मान ।


भाद्र १८, काठमाडौं । विशाल मिलन केन्द्र जेष्ठ नागरिक चौतारीको सहयोगमा सातजना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । 
पितृ सम्मान दिवस कार्यक्रममा जम्मा सातजना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो ।

सम्मानित हुने जेष्ठ नागरिकहरुमा ९१ वर्षीय रन्तलाल थकाली, ८८ वर्षीय बल बहादुर मास्टर,८७ वर्षीय यज्ञ बहादुर सार्की, ८५ वर्षीय सालग्राम अधिकारी, ८५ वर्षीय डम्बर चन्द्र, ८४ वर्षीय मेघ बहादुर कार्की, ८४ वर्षीय कपिलराम अधिकारी रहेका थिए । 


सवै जेष्ठ नागरिकहरुलाई पंच कुमारी जेष्ठ नागरिकका संचालक हरिकृष्ष श्रेष्ठले आफनै पहलमा दोसल्ला औढाई फलफुल वितरण गरि सम्मान गर्नु भएको थियो । 
कार्यक्रममा विशाल मिलन पुस्तकालयकी अध्यक्ष नुतन ढुङ्गानाले पितृ दिवसको महत्वबारे प्रकाश पार्नु भएको थियो । 

कार्यक्रमको शुरुमा भजन मण्डलीका कलाकारहरुले कृष्ण भजन र शिव भजन सहित भक्ति सङ्गीत प्रस्तुत गरेका थिए । 
कार्यक्रमको आयोजना श्री बेष्णवी टँुडालदेवीले गरेको थियो ।


जेष्ठ नागरिक व्यवहारिक ज्ञानका जीवन्त पुस्तकालय हुन । उनीहरुको खारिएको ज्ञान विवेक र निर्देशनमा नयाँ पुस्तको जोश र जागर मिलाउन सकेको खण्डमा देश निर्माणले नयाँ फडको मार्न सक्ने संभावना छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Kishor Sedai Education: M.A. History Occupation: Journalism Interests: Singing, Tabla playing, Writing, Traveling, Social service. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register