नेपालमा श्रीपञ्चमीमा "श्री" सम्मानको नौलो प्रचलन शुरूवात

Feb 8, 2022 - 05:26
Feb 8, 2022 - 05:27
 0

नेपालमा श्रीपञ्चमीमा "श्री" सम्मानको नौलो प्रचलन शुरूवात 

काठमाडौ, माघ23गते। बल्खु तीनथाना स्थित सरश्वती मन्दीरकै प्राङगणमा स्थानिय समाजसेवी साहित्यकार गोपीचन्द्र कार्की, राष्टिय कराते खेलाडी  संङ्घरत्न महर्जन , जुत्ता पसल ब्यापारी भरत रम्तेललाई बर्ष76का जेष्ट श्री चन्द्रमान महर्जनको हातबाट "श्री" सम्मान गर्ने कार्य भयको छ। 2068मा गठित श्री सामाजिक सदभाब तथा राष्टिय एकता अभियान नेपाल/नागरिक समाजको आयोजनामा माघ शुक्ल पञ्चमीकै दिन बसन्त पञ्चमी अर्थात श्रीपञ्चमीकै दिन शिक्षा आरम्भकै दिन भयकोले पनि त्यस दिन यस बर्ष श्री सम्मानको गरेको हो।अभियानको तर्फबाट 2076को माघ 16कै दिन पनि श्रीपञ्चमी परेकोले सहिद गेटमा बरिष्ट पत्रकार भैरब रिसाल, देब नागरी भाषा अभियन्ता कबि रामेश्वर राउत, होचापूड्का संघका अध्यक्ष ज्याक गुरूङ,भौतिक सास्त्र बिषयका उप प्राध्यापक होम बहादुर बानिया समेतलाई श्री सम्मान गरेको थियो। अभियानको तर्फबाट 2070देखी हाल सम्म 136 जनालाई "श्री "सम्मान भै सकेको छ।
श्रीपञ्चमीकै बिहानै काठमाडौ उपत्यकाको स्वयम्भू ,लेले र तीनथानाको बिष्णुदेबीको पूर्बपट्टीको शरश्वती मन्दीरमा बिध्यार्थीहरू दर्शन पुजा गर्न जाने प्राचीनकाल देखी नै प्रचलन रहेको छ।  घर घरमा बालबालिकालाई अक्ष्यराम्भ गर्ने दिन पनि श्रीपञ्चमी नै हो।त्यसैल पनि यस बर्ष बल्खु स्थित तीन थानाको शरश्वती मन्दीर नजिकै "श्री" सम्मान गरेको हो।यस्तो श्री सम्मानको प्रचलन तल जनस्तरमा गर्ने कार्य  नेपालमै यो पहिलो श्रृजनात्मक कार्य हो। यो भन्दा अगाडी कसैले कहि पनि गरेको थाहा भयको छैन। त्यसैले पनि  बर्षिनै अब यो काम अभियानको तर्फबाट हुनु पर्छ भन्ने त्यहा आफ्ना बाल बच्चा लियन सरश्वती थानमा  उपस्थित भयका अबिभाबकले अभियन्ताहरूलाई सुझाब दिएको पनि पाईयो।
बास्तबमा यो बिषयमा पनि नेपाल सरकार आफै अन्योलमा रहेको छ।किनकी 2072को संबिधानमा एउटै पनि "श्री" उल्लेख गरेको छैन, उस्ले आफ्नो रु 2/को सिक्कामा पनि 2063बाट श्री लेख्न छोडेको छ। बिभिन्न दरको कागजको नोटमा चाही शुरूमै "श्री नेपाल राष्ट्र बैक"लेखेको देखिन्छ। जबकी नेपालमा कागजको नोट त धेरै पछि मात्र प्रचलनमा ल्याइएको हो। त्यो सिक्का मात्र "श्री "भबानी आदी हटाउनु चाही  धर्मनिरपेक्षतामा गयको प्रमाण बिदेसीलाई देखाउन मात्र नभै सर्बसाधारणलाई बुझान गरेको पनि हुनु पर्छ ।जबकी सर्बसाधारणलाई चाही त्यस्को के महत्व? हालकै राष्टपति बिध्यादेबी भण्लेडारी  पनि "हनुमान ढोका"मा गै बसन्त श्रबण गरेको एकातर्फ पाईयो भने अर्को तर्फ  के त्यहा कार्यरत के त्यहाका पंडित ,प्रशाषक , प्राध्यापक नेताहरूलाई "श्री"को महत्व थाहा नभयको होर? थाहा पाई पाई बुझपचाउदै मात्र पहिलो पूर्बाग्रह दोस्रो पस्चिमा दर्शनको दक्षिणाभेटी ,तेस्रो आफैलाई आफ्नो देसको माया नहुन र राष्टिय स्वार्थको मतलब नभयको ब्यक्ति नै निर्णयाधिकारी हुन पनि हो।किनकी नेपालको माया गर्ने असल नागरिकहरू मात्र शिर झुकाई झुकाई हिड्नु पर्ने जुन बाध्यता रहेको छ त्यो अति  अशुभको संकेत पनि हो।यो केही नेताकै मात्र कारण होइन।
तर जे होस् श्री सामाजिक सदभाब तथा राष्टिय एकता अभियान नेपाल/नागरिक समाजले आफ्नो प्यारो नेपालको राष्टिय हित स्वार्थको लागि यो "श्री" सम्मानको यस्तो  प्रचलन ठीक दिनमा ठीक ठाउमा शुरू गरेको छ।यस्तो चलन अब यस्तै भूइमा रहेको अन्य नागरिक समाज एब राष्ट्रबादी बुध्दिजिबीले अनेत्र पनि यसै गरी बर्षिनै गर्ने सम्भाबना रहेको छ।आफ्नो देसको आफ्नो असल प्रचलन बचाउन जे जे असल काम सरकारमा चुनाबबाट जान इच्छुक  राजनैतिक दलले नगरे पछि गर्नु पर्ने काम स्थानिय बुद्धिबिले नै त गर्ने हो।
यस्तो असल नौलो "श्री" सम्मानको नौलो प्रचलन शुरू गर्ने काम यो अभियानले चाही धेरै बर्ष अघि देखी गर्दै आएको छ। जस्तो सिमाबिध बुध्दिनारायण श्रेष्ट, इतिहास बिध पेशल निरौला, इतिहास एब सेनाका जर्नेल डा प्रेमसिह बस्न्यात , संस्कृत बिध डा जगमान गुरूङ, पूर्ब राजदूत डा निरन्जन बस्न्यात लगायत अन्य समाजसेबी, मूर्तिकार,जेष्ट नागरिक, पुर्बमन्त्री,अभियन्ता,सम्पादक,गीतकार,पूर्ब ओडाध्यक्ष,स्वास्थ्यस्वयमसेबीका,मूर्तिकार,भाषाबिध,पूर्बसेना,पूर्ब  बरिष्ट अधिबक्ता बालकृष्ण न्योपाने, सताब्दी पुरूष शत्यमोहन जोशी र घर भगेरा संम्रक्ष गर्न घरमै भगेराको गुड(चख्वुप्वा)बनाउने समाजसेवी जस्ता थुप्रैलाई श्री सम्मान गरि सकेको छ। नेपालको एकिकरण गर्ने नै श्री 5पृथ्बी नारायण हो।बर्तमा राजा श्री 5ज्ञानेन्द्रले पनि आफुले पहिरिएको श्रीपेच पनि जनताको नासो सुरक्षित हुनु पर्छ भनेर दिएकै हो। नेपालमा श्री महादेब, श्रीगोरखनाथ, श्री महाकाली, श्रीगणेश, श्रीकुमारी, आदि लगायत " बुझ्नेलाई श्रीघण्ड नबुझ्नेलाई खुर्पाको बीड "भन्ने  उखान सबैलाई थाहै छ। अभियानका संयोजकले त कौयो पटक आफ्नो छातीमै" श्री"  लगायर हातमा 9"राष्टिय झण्डा ठड्याउदै काठमाडौमा जुलुसमै पनि हिडेको उदाहारण रहेको छ। उनले लेखेको अनुसन्धनात्मक लेख "श्रीको अर्थ र अबस्था" (22जेठ2073)अन्नपूर्ण पोष्टबाट धेरै प्रभाबित भयको अबस्था छ।जे होस "श्री सामाजिक सदभाब तथा राष्टिय एकता अभियान नेपाल/नागरिक समाजले चाही   हाल यो बर्ष मात्र  यसरी" श्री" सम्मान गरेको चाही होईन।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Dhruba Basnet Coordinator at Social Will And National Unity Campaign. Went to Tribhuvan University. social worker/researcher/writer